Tuesday, October 20

भर्खरै नुवाकोटबाट आयो दुखद समाचार !

नुवाकोट – आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धाको मृत्यु भएको छ।गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा रुख घरतर्फ ढल्दा ८९ वर्षीया युकुमारी शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको आँगनमा बसिरहेकी वृद्धालाई विद्युतीय तारसमेत छिनालेर ढलेको रूखले लाग्दा घटनास्थलमा नै ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

अग्लो रूख भएकाले हाँगा काटेर त्यसपछि रूख ढाल्नुपर्नेमा लापरबाही तरिकाले एकैपटक रूख ढालेकाले दुर्घटना भएको भन्दै प्रहरीले संलग्नलाई पक्राउ गरी कारबाही शुरु गरेको जनाएको छ । रूख काट्ने जिम्मा लिएका ठेकेदार जीवन तिमिल्सिनासहित संलग्न ५ जना अहिले प्रहरी नियन्त्रणमा छन्। satyasamachar.com

यो पनि पद्नुहोस

सामाजिक कार्यका लागि खाजा बेच्दै समाजसेवी

१८ माघ, नेपालगन्ज । उमेरले ६० काटिसक्यो तर जोस र जाँगर भने अझै उत्तिकै छ । कला संस्कृतिको जगेर्ना गर्दै सामाजिक कार्यमा समेत सक्रिय उनीहरु यतिबेला नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा कारकाँदोमा प्रादेशिक महोत्सव–२०७४ को खाद्य तथा रेस्टुरेन्टको स्टल नम्बर १४ मा सक्रिय छन ।

नारी विकास केन्द्र बाँकेकी अध्यक्ष मिना श्रेष्ठ र महिला जाग्रिती सेल नेपालगन्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठको टोली यतिबेला स्टल नं. १४ मा नेवारी खाजाका परिकार बनाएर महोत्सवमा आउने दर्शकका लागि पस्की रहेका हुन्छन् । उनीहरु पैसा कमाउन नभएर सामाजिक संस्था सञ्चालनको लागि सो स्टल सञ्चालनमा ल्याएका हुन ।

हिंसात्मक गतिविधिविरुद्ध सक्रिय रहँदै पीडितलाई न्याय दिनको लागि अहोरात्र खट्ने मिना र लक्ष्मीको समूह यतिबेला महोत्सवको स्टल नं. १४ मा सेलरोटी पकाउन, टपरी गाँस्न तथा नेवारी खाजा बारा, छोईला, पिरो आलु, चुकौनी, चिउरा जस्तो खाजको सेट तयार पार्न व्यस्त छन् ।

‘हामीले पैसा कमाउनको लागि स्टल राखेर खाजाको व्यापार गरेका होइनौं, हाम्रो संस्कृतिलाई पहिचान गराउने खानाका परिकार लोप हुन लागेकाले स्टल राखेर बसेका हौं’, उनीहरु दुवैले हाँस्दै भने ।

नारी विकास केन्द्र बाँके र महिला जाग्रिति सेल नेपालगन्जका करिब १० जना सदस्य मेहनतका साथ स्टल सञ्चालन गर्दै आएका छन्