Monday, September 21

बल्ल बाहिरियो भिडियो हराएका जोन तामाङ ६ दिनपछि यस्तो अवस्थामा भेटिएका थिए (EXCLUSIVE VIDEO)

काठमाडौं । स्कुलका शिक्षक र साथीसहित हाइकिङ गएका १७ बर्षीय जोन तामाङ ६ दिनदेखि हराइरहेको खबर पाएपछि ‘रेस्क्यू थ्री साउथ एसिया’का १८ जना उद्धारकर्तासँगै क्षेत्रीय निर्देशक चन्द्र आले बुधबार बिहन फूलचोकीको डाँडामा पुगे । सकुशल उद्धार गर्न सकिए हुन्थ्यो भन्ने मनमा गहिरो चाहना र अठोटसहित चन्द्र र उनको टिमले बुधबार विहानैदेखि जंगल चाहार्न सुरु गर्यो।

जोनलाई सकुशन उद्धार गर्न सकिएला ? चन्द्र आशावादी दिए तर पूर्ण विश्वस्त हुन कठिन थियो । किनकि जोन हराएको सातौं दिन मात्र उनी खोजीका लागि जाँदै थिए । बिहानदेखि सुरु भएको खोजी अभियान जारी थियो । उनका साथीहरु डाँडाका विभिन्न स्थानमा छरिएका थिए । चन्द्र जोनको कुनै संकेत पाउने आशामा डाँडाका कठिन पखेराहरु छिचोल्दै थिए ।

 

मध्य दिउँसो भइसकेको थियो । अचानक उनका आँखा एउटा आकृतिमा प¥यो । मानवजस्तै देखिने आकृति देखेपछि उनी नजिकै गए । त्यहाँ उक किशोर लडिरहेका थिए । आफूलाई बताइएको जोनको हुलियासँग ती किशोरको हुलिया मिलेपछि चन्द्रले बोलाए ‘जोन…¤’ किशोरको शरीरमा हलचल भयो । सँगसँगै चन्द्रको मनमा खुसीको संचार भयो – उनी जीवीतै रहेछन् ।

 

झाडी पन्छाउँदै चन्द्र नजिकै पुगे । जोनले विस्तारै आँखा खोले र भने ‘पानी…’। चन्द्रले उनलाई अंगालो हाले । अनकण्टार जंगलमा जीवनका लागि मृत्युसँग संघर्ष गर्दै रहेका जोन एक्कासी भक्कानिए । चन्द्रले उनलाई सान्त्वना दिए । वायरलेस सेट निकाले र आफ्नो साथीहरुलाई खबर गरे ‘जोन इज सेफ…।’ जोनलाई अहिले बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ उनको उपचार हुँदैछ । उनलाई हाइकिङमा लिएर गएका प्रधानाध्यापक दुर्गाबहादुर ओली प्रहरी नियन्त्रणमा छन् ।

भिडियोः स्रोत ।Dcnepal