Thursday, September 24

ओबामा पुरानो मोटरसाइलक चढेर डेरामा सरे, कामको लागि कम्पनीमा निवेदन, यस्तो छ उनको सामान्य जीवनशैली

दुई कार्यकाल पूरा गरेर हालै बिदा भएका अमेरिकाका पूर्व राष्ट्रपति बराक अाेबामा भाडाको घरमा सरेका छन् ।हाम्राे देशमा तीन महिनसम्म मन्त्री भएकाहरु नयाँ घरमा सर्ने संस्कार जस्तै भएकाे छ तर अमेरिका जस्ताे देशकाे दुई कार्यकाल पूरा गरेपछि अाेबामा डेरामा सरे र जिविकाेपार्जनकाे लागि निजी व्यवसायी कम्पनीमा निवदेन दिएका छन् ।

उनले उक्त कम्पनीमा काम गरेर अबको जीवन गुजरा गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अाेबामा यही जनवरी गते राष्ट्रपति कार्यालयबाट वासिङटन डिसीमा भाडामा लिइएका घर सरेका हुन् ।

 

नेपालका पूर्व राष्ट्रपतिलाई अाजीवन भीअाइपी सुविदाकाे व्यस्था गर्ने गरिन्छ तर अाेबामा अाफ्नाे पुरानाे माेटरसाइलक चढेर निजी डेराको घरमा सरे ।छाेरीको पढाईका कारण अाेबामा शिकागोस्थित अाफ्नाे पूर्खाैँली घरमा नबसेर उक्त भाडाकाे घरमा दुई वर्षसम्म बस्ने छन् ।स्रोत : kamananews