Monday, March 20

सा’उदी स’रकारले लागू गर्यो क:डा नियम : अटेर गरे १५ हजार रियाल जरिवा,ना

2020-12-23 728

साउदी अरेबियामा एकै ठाउँमा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाउने भएका छन् । कोरोना सङ्क्रमण नियन्त्रणको लागि भन्दै साउदी सरकारले अर्को सूचना जारी नभएसम्मको लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको हो ।

नियम उल्लङ्घन गर्नेहरुलाई साउदी रियाल १५ हजारसम्म जरिबाना हुने जनाएको छ ।

यस्तै साउदी अरेबियाले आजबाट सबैै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि रोकेको छ । साउदीको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ ।

नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने समेत आफ्नो सूचनामा उल्लेख गरेको छ ।

साउदी सरकारले जारी गरेको हवाइ उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेकाे छ ।

प्रतिकृया दिनुहोस्