Saturday, June 3

आज घट्यो सुनको मुल्य , तोलाको कतिमा कारोबार हुदैछ त?

2020-12-23 1476

काठमाण्डौं/ स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।

प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ ।

प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।

प्रतिकृया दिनुहोस्