Thursday, April 15

‘छक्का पन्जा ३’ यु ट्युबमा हेर्नुहोस पुरा मुभी (भिडियो)

2020-12-23 356

अभिनेता दिपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको ‘छक्का पन्जा ३’ युट्युबमा रिलिज गर्ने तयारी गरिएको छ ।

एकाबिहानै निर्माता तथा अभिनेता दीपकले सामाजिक संजालका माध्यम मार्फत यो कुरा आफ्ना फ्यान तथा शुभचिन्तकलाई जानकारी गराएका हुन् । दीपकका अनुसार ‘छक्का पन्जा ३’ आज बेलुका ६ बजेर ३ मिनेटमा युट्युबमा रिलिज हुनेछ ।


उनले भनेका छन् ( Highlights nepal ले बिहानै जानकारी दियो छक्का पन्जा ३,आज बेलुका छ बजेर ३ मिनेटमा 4k quality सहित YouTube मा upload हुदैछ …शुभदिन!!!

दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले सरकारी विद्यालय र निजी विद्यालयको विषयवस्तु कथाको रुपमा उठाएको छ ।

स्वस्तिमा खड्का र वर्षा राउतको अतिथि भूमिका रहेको चलचित्र दीपा र दीपककै लगानी तयार भएको हो ।

यस चलचित्रले नेपाली चलचित्रको इतिहाँसमा बम्पर ब्यापार गर्दै किर्तीमानी रेकर्ड नै कायम गर्न सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्