Monday, October 19

समाचार प्रसारण गरे ज्यान मार्ने धम्कि कसले दियो ? रबि लामिछानेले दिए यस्तो चुनौती ..(भिडियो सहित)

न्युज२४ टेलिभिजन मार्फत सिधा कुरा जनतासंग कार्यक्रम पछिल्लो समय निकै लोक प्रिय कार्यक्रम बनेको छ। दलाली घुसखोरी ठगि को बिरुद्दमा बोल्दै आएको यो कार्यक्रम सोजा जनताको पक्षमा सधै बोलिरहेको छ ।

जसले गर्दा कार्यक्रम प्रस्तोता लामिछाने र उनका सम्पूर्ण टिमलाई ज्यान मार्ने धम्कि समेत आएको कुरा लामिछानेले बारम्बार बताए पनि आफु र आफ्नो टिम एक इन्च पनि त्यस्ता कुराबाट प्रभावित र डर नमानी छाती फुलाएर ठगि दलालीको बिरुद्दमा बोलि रहने बताए ।

 

लामिछानेले जनकपुर भन्सार कार्यालयको रिपोर्टिङ्गको क्रममा आफ्ना पत्रकार माथि ज्यान मर्ने धम्कि दिएको खुलासा गरेका छन् । कार्यालयमा समाचार संकलन गर्ने क्रममा ढोका थुनेर गरे ज्यान मार्ने धम्कि दिएको बताए । यदि समाचार प्रसारण गरे मार्ने धम्कि दिएको लामिछानेले बताए । साथै लामिछानेले यस्ता धम्किले डराउनको लागि कार्यक्रम नबनाएकोसमेत बताए ।

हेर्नुहोस यो भिडियो