Thursday, April 15

टिक-टकमा झग,डा गरेर चम्किएका जुम्ल्या;हा दिदीबहिनीसँग रमाइलो कु’राकानी (भिडियो सहित)

2020-12-26 222

काठमाडौं– पछिल्लो समय टिकटक बनाउँदै कलाकारिता क्षेत्रमा प्रवेश गर्ने कलाकारको संख्या बाँक्लिदै छ । यही सुचीमा पर्छन्, झापा बुधबारेका जुम्ल्याहा दिदीबहिनी स्मारिका र सामरिका ढकाल ।

टिकटकमा झगडा गरेको भिडियो राखेर चर्चा कमाएका यि दिदी बहिनीले दुइ महिनाको अवधिमा एक दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरिसके । आफूलाई एकदमै मनपर्ने अभिनेता पल शाहसँग समेत स्क्रिन सेयर गर्न भ्याइसके ।

तर, भन्छन्, ‘टिकटक बनाएजस्तो सजिलो रैनछ, अभिनय गर्न ।’ अब दुवैको चाहना रहेछ– फिल्मको हिरोइन बन्ने, अनि यही क्षेत्रमा करिअर बनाउने ।

कसरी तय भयो त यि दुइ जुम्ल्याहा दिदीबहिनीको काठमाडौंसम्मको यात्रा ? टिकटकमा सधैँ झगडा गर्नु पछाडीको रहस्य के रहेछ त ?

आउनुस् भिडियोमा हेरौँ, उनीहरुसँगको रमाइलो कुराकानी ।

 

प्रतिकृया दिनुहोस्