काठमाडौं । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले एक अनाथालयको एक वर्षको घरभाडा तिरिदिएर परोपकारी कार्य गरेका छन् । आफ्नो पूर्ववर्ती वाचाअनुसार शनिबार उनीहरुले अनाथालयको एक वर्षको घरभाडा हस्तान्तरण गरेका हुन् ।
काटमाडौंको कपनस्थित बालुवाखानीमा रहेको ‘अर्न्तदृष्टि नेपाल’को एक वर्षको घरभाडा बापत एक लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
छक्का पञ्जा टीमका तर्फबाट दीपाश्रीले ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालिका नन्दा सिंहलाई एक वर्षको घरभाडा बापतको रकम एक लाख ८० हजार रुपैयाँ शनिबार हस्तान्तरण गरेकी हुन् । सो क्रममा कलाकार दीपकराज र केदार घिमिरे ‘माग्नेबुढा’ उपस्थिति थियो ।
गएको दशैंको पूर्वसन्ध्यामा सो अनाथालयमा रहेका १३ बालबालिकासहितलाई कपडा र खानेकुरा बोकेर जब अनाथालय पुगे, तब त्यहाँ रहेका बालबालिकाहरुको मुहारमा खुसी छायो ।
“दीपा–दिपकको पुण्य काम : अनाथालयलाई दशैं र जाडोको कपडा प्रदान, एक वर्षको घरभाडा पनि तिरिदिने” />दीपा–दिपकको पुण्य काम : अनाथालयलाई दशैं र जाडोको कपडा प्रदान, एक वर्षको घरभाडा पनि तिरिदिने
दिपक र दीपाले दृष्टि विहीनहरुले चलाएको संस्थामा रहेका १३ जना बालबालिकाहरुलाई दशैं कपडा, केही खानेकुरा र आठ थान ब्लाङ्केट दिन जाँदा नन्दाले लकडाउनका कारण घरभाडा तिर्न समस्या परेको बताएपछि दीपक–दीपाले आफूले एक वर्षको घरभाडा तिरिदिने बताएका थिए । सोही वाचाअनुसार शनिबार उनीहरुले सो रकम हस्तान्तरण गरेका हुन् ।
साथै ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालिका नन्दा र पब्लिक स्पिकर रमेश प्रसाईं हालै विवाह बन्धनमा बाँधिएकोमा उनीहरुले शुभकामना पनि दिएका थिए ।-क्यानाडानेपालबाट।
प्रतिकृया दिनुहोस्