Wednesday, September 30

जंगलमा तड्पिएरै गयो यो जोडीको ज्यान, अन्तिम साससम्म बाँधिए अंगालोमा

बुधबार बिहान घरबाट स्कुल जानको लागि निस्किएका १२ कक्षामा पढ्ने प्रेमी र १० कक्षामा पढ्ने प्रेमिकाले जंगलको बीचमा पुगेर विष सेवन गरेर आत्महत्या गरेका छन् । दिउँसो जंगलमा उनीहरुको लाश भेटिएको छ । उनीहरुको नजिकै मुसा मार्ने विषको प्याकेट पनि भेटिएको छ ।

 

१२ कक्षा पढ्ने १७ वर्षका अमन राहगडाले र १६ वर्षकी १० कक्षामा पढ्ने वैशाली भरमका बीच प्रेम सम्बन्ध थियो । भारतको पंजाब राज्यको नागपुरनजिकै गोदिया जिल्लामा बस्ने यी दुई केही समयदेखि एक अर्कालाई चाहन्थे । दुई दिनअघि वैशालीका दाजुले यी दुईलाई सँगसँगै देखेका थिए । बुधबार वैशाली स्कुल जानको लागि हिँडे पनि स्कुल पुगिनन् । अमन पनि स्कुल गएनन् । यी दुईले बोदलकसाको जंगलमा गइ मुसा मार्ने विष सेवन गरेर आत्महत्या गरे ।

 

यी दुईको लाश एक अर्काको अंगालोमा बेरिएको अवस्थामा भेटिएको थियो । जंगलमा गएका केही स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवैको लाश पोष्टमार्टमको लागि पठाएको छ । वैशालीका दाजुले दुई दिअघि देखेपछि यी दुवै डराइरहेका थिए । यही डरका कारण उनीहरुले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले यो आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

 

चोरीको आरोपमा साउथ इण्डियन हिरो पक्राउ, आफ्नै श्रीमतीले लगाइन् आरोप

हैदराबाद। दक्षिण भारतीय फिल्मका स्टार अभिनेता सम्राट रेड्डी चोरी अभियोगमा पक्राउ परेका छन् । उनकी श्रीमती हर्षिताले प्रहरीमा चोरीको आरोप लगाउँदै उजुरी दिएपछि प्रहरीले सम्राटलाई पक्राउ गरेको हो ।

यी दुईको २०१५ मा बिहे भएको थियो । तर सम्राटले यातना दिएको भन्दै हर्षिता उनीसँग छुट्टिएर एक्लै बस्दै आएकी थिइन् । २०१७ मा हर्षिताले सम्राटविरुद्ध दाइजोको विषयलाई लिएर यातना दिएको र शारीरिक शोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । आफू आफ्नी आमाकहाँ गएका बेला सम्राटले आफ्नो घरमा आएर तोडफोड गरेको र चोरी गरेको हर्षिताले आरोप लगाएकी छिन् । हर्षिताले सम्राटले आफ्नो घरमा गएर फर्निचर तोडफोड गरेको, गहना र सिसिटिभी क्यामेरा चोरी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी छिन् ।
from dcnepal.com