Friday, October 30

भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किए लगत्तै झापाबाट आयो फेरि भारतीय पक्षले सिमा मिचेको खबर (पुरा विवरण हेर्नुहोस )

झापा, माघ १९ । दक्षिणी झापाको कचनकवल गाउँपालिका – १ को पिण्डलवारीसंग सिमा जोडएको दशगजा क्षेत्रमा भारतीय पक्षले सडक निर्माण कार्यलाई तीव्रता दिएको छ ।

किसनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत र कचनकवल गाउँपालिका – १ को पिण्डलवारीको दशगजा क्षेत्रमा भरतीय पक्षले सिमा मिच्दै सडक निर्माण कार्यलाई तीव्रता दिएको हो । नेपाल र भारत सिमाको १२७ नम्वर पिलरदेखि १२९ नम्वरसम्मको दशजगा क्षेत्रमा भारतले अहिले धमाधम सडक निर्माण गरिरहेको छ ।

अन्तराष्ट्रिय कानून तथा दुई देशवीच भएको सम्झौता अनुसार दशजगा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, वसोवास गर्न पाइदैन । तर, भारतीय पक्षले अहिले १२७ नम्वर पिलरदेखि १२९ नम्वर पिलरसम्मको दशजगा क्षेत्रको मध्य भागमा नेपालतर्फ पिचवाटो निर्माणको काम तीव्र पारेको छ ।

पूर्वलीकर्मी उक्त क्षेत्रमा पुग्दा सडक निर्माण भइरहेको र भारतीय क्षेत्रमा वसोवास गर्ने भारतीयले आफूहरुलाई दशगजा क्षेत्रको वारेमा कुनै जानकारी नभएको बताए ।

वाह्रदशी गाउँपालिका वाड नम्वर २ का स्थानीय खगेन्द्र ओझाले भारतले दशजगाको महत्व नै नवुझेर अतिक्रमण गरेको आंशका व्यक्त गर्दै नेपाल सरकारले दशजगा क्षेत्रमा सिमा सुरक्षाका लागि प्रभावकारी कदम चाल्नु पर्ने बताए ।

आफूलाई किसनजञ्ज जिल्ला धन्तोला ग्राम पञ्चायतको सदस्य बताउने तेजनारायण गिरीले भारतसरकारको प्रधानमन्त्री कोषबाटै सडक निर्माणका लागि वजेट विनियोजन भएपछि आफूहरुले सरकारी योजना अनुसार सडक निर्माण गरिरहेको बताए । उनले धन्तोला ग्राम पञ्चायतबाट दिघलवैंक वजारसम्म जोड्ने सडक निर्माण सुरु गरिएको बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक नेत्रविक्रम रानाले भारतीय पक्षले दशजगा क्षेत्रमा सडक निर्माण गरिरहेको थाहा पाएपछि आफूहरुले सम्वन्धित निकायमा जानकारी गराउँदै भारतीय पक्षलाई सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेपनि उनीहरुले अटेर गरेको बताएका छन् ।

दशै तिहारकै वेला हामीले नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा दशजगा क्षेत्रमा बनाइएका अस्थाई संरचना र सडक निर्माण कार्य रोक्न भनेपनि हालसम्म भारतीय पक्षले टेरेको छैन – उनले भने ।

दशजगा क्षेत्र अतिक्रम बढेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय राजगढले सिमा क्षेत्रको निरीक्षण गरेको थियो । कचनकवल गाउँपालिकाकै वाड नम्वर १ मा सिमा सुरक्षाको लागि सशस्त्र प्रहरीको वेस क्याम्प छ ।

तर, सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोली भने वेखवर छ । न सिमा मिचिएको विषयमा स्थानीय जनप्रतिनिधि जानकार छन् न त सिमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय झापाले कुनै अग्रसरता देखाएको छ ।

यसैबीच सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय झापाका प्रहरी उपरीक्षक रमेश सुवेदीले भारतीय पक्षबाट सिमा नमिचिएको दावी गरेका छन् ।

उनले सिमा निरीक्षणपछि सिमा मिचिएका वारेमा कुरा गर्दा प्रहरी उपरीक्षक सुवेदीले यदि त्यस्तो भएको पाइए तत्काल प्रहरी टोली पठाएर निर्माण कार्य रोक्ने बताए । नापी विभागका अनुसार नेपाल भारत सिमानाको लम्बाइ १८ सय ८० किलोमिटर रहेको छ ।

त्यस मध्ये करिब ६४० किलोमिटर नदी सिमाना रहेको बताइन्छ । सो विभागका अनुसार नेपाल र भारतका अधिकारीहरूले तयार पारेको एक नक्सा अनुसार दुई देशबीचको सिमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनु पर्दछ । तर अहिलेसम्म करिब ६ हजार जति स्तम्भ मात्रै निर्माण हुन सकेका छन् ।

सीमा स्तम्भहरू निर्माण गर्ने काम तीन वर्ष भित्र सकिने सरकारी अपेक्षा गरिएको थियो । सन २०१७ भित्र सिमा स्तम्भ निर्माण गरिसक्नु पर्ने भएपनि अहिलेसम्म सवै सिमा स्तम्भ निर्माण भएका छैनन् ।

अधिकारीहरूका अनुसार महाकालीको कालापानी र नवलपरासीको सुस्ता बाहेक अन्य स्थानका सीमा विवादको समाधान दुई देशका प्राविधिकहरूले निकाली सकेका छन् ।

पूर्व क्षेत्रको ताप्लेजुङदेखि सुनसरी सम्मको नेपाल–भारत सीमानामा १ हजार १ सय ७३ पिलर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ७ सय पिलर निर्माण भइसकेको ४ सय ७३ पिलर निर्माण हुन बाँकी रहेको बताइएको छ ।

सर्वे अफ नेपाल भारतका पदाधिकारीका अनुसार सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १ सय ७३ पिलर निर्माण गर्नुपर्ने छ । बाढीले बगाएको पिलरको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेसीन मार्फत सर्वे गरेको छ ।

सर्वे पश्‍चात चिन्ह लगाएर नयाँ पिलर निर्माण भइरहेको सर्वे टोलीका उप सचिव शिव लम्सालले बताए । झापा र मोरङसँग जोडिएको किशनगञ्ज सीमा क्षेत्रमा मात्र अझैं १ सय ९१ वटा पिल्लर निर्माण हुन बाँकी रहेका छन् ।

त्यस्तै नेपाल–भारतको सीमा बैठकमा मेची नदीमा देखिने डाँलफिनको संरक्षण गर्दै पिलर निर्माण गर्नु पर्ने दुई पक्षिय अधिकारीहरूले सहमति जनाएका छन् ।

सर्वे अफ नेपाल – भारतका पदाधिकारीका अहिले सिमा स्तम्भको अवलोकन र सर्वे र निर्माण गरिरहेका छन् तर भारतीय पक्षले कचनकवल गाउँपालिकाको सिमावती क्षेत्र दशजगामा सडक निर्माण गरिरहेको छ । सो विषयमा सरकारी टोली विषयमा वेखवर छ । from:nepalionlinepatrika

यो पनि पढ्नुहोस् :

काठमाडौँ – देशको विद्यमान कानुनविपरित नाफा राखी गाडी बेच्ने काम गरिरहेको र पावर र पैसाका आडमा कसैले छुन नसकेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्प पीडितका नाममापनि लुट मच्चाउने भएको छ ।

कालोबजारी ऐन विपरित गाडीहरु बेचिरहेको र पछिल्लो समय अत्याधिक ग्राहकहरुको गुनासो आइरहेको हुन्डाईको गाडी बेच्ने नेपालको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्प पीडितको ट्याक्सीलार्इ लक्षित गर्दै हुन्डार्इको ‘इयोन’ गाडीको खरीदमा एक जनालार्इ

शतप्रतिशत रकम फिर्ता दिने योजना ल्याएर बाँकी भूकम्पपीडीतहरुलाई ठग्ने प्रयास गरेको छ ।

हुन्डाईको गाडी बेच्दा कम्पनीले मोटो रकम नाफा राख्ने गरेको छ । अर्थ सरोकार डटकमले निरन्तर रुपमा हुन्डाईको यो कर्तुतलाई जनतासामु धारावाहिक रुपमा ल्याएपछी पछिल्लो समय हुन्डाईको गाडी किन्न खोज्नेहरुकै संख्या घटेको छ ।

यसरी गाडी किन्नेहरुकै संख्या घटेपछी कम्पनीले विभिन्न स्किमका नाममा जनता लोभ्याएर आफ्नो ठगी धन्दा जारी राख्ने काम गरिरहेको छ ।

केहि समयअगाडी यातायात व्यवस्था विभागले चिठ्ठामार्फत १५ सय भूकम्प पीडितलार्इ दिने भनिएको ट्याक्सीको छनौंट गरेको थियो । एक जनालाई पुरै शुल्क फिर्ता गर्ने कुराले भूकम्प पीडीतहरु नापल्केलान् कि भनेर कम्पनीले आकर्षक छुट, एक वर्ष निशुल्क सर्भिसिङ, एक वर्ष

वारेन्टी,वित्तिय तथा बीमा सुविधा र सम्पूर्ण कानुनी प्रकिया पूरा गरिदिने लगायतका पाशाहरुपनि थापीरहेको छ । तर गाडी बेच्दानै अत्याधिक नाफा राख्ने हुनाले यो स्किम खरिदकर्ताहरुलाई महँगो नै सावित हुने जानकारहरु बताउँछन् ।