Wednesday, December 2

मुन्द्रेको कमेडी क्लवमा फेरी दिपाश्रीलाई ल्याइने, मुन्द्रेले गरे यस्तो खुलासा- हेर्नुहोस् (भिडियो सहित)

November 15, 2020 153

काठमाण्डौं/ अहिले चर्चा छ त केवल मुन्द्रे, करीष्मा र दीपा श्री निरौलाको । हास्य कलाकार जितु नेपालले चलाउने कार्यक्रम मुन्द्रेको कमेडी क्लवको अध्यक्षबाट दीपाश्री निरौलालाई एक्कासी निकालियो ।

दीपाश्री निरौला निकालिएपछि एक से एक तर्क वितर्क भए । कसैले मुन्दे्रको पक्ष लिए त कसैले दीपाको । भएन भनेर, दीपक राज गिरि समेत मुन्द्रेसँग रिसाएको समाचार आयो ।

पछिल्लो समाचार अनुसार भने मुन्द्रेको कमेडी क्लबबाट बाहिरिएकी अध्यक्ष दिपाश्री निरौला पूनः अध्यक्ष बन्ने भएकी छिन् ।

पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनमा चलाउने जनता जान्न चाहन्छन् कार्यक्रममा भित्रको ब्यवस्थापनको निर्णयले दिपाश्री निरौलालाई अध्यक्षबाट निकालेको स्पष्ट पारे ।

यो नै अन्त्य नभएको र निरौलासँग भोलिका दिनमा पनि सहकार्य गर्ने जनाए । उनले करिष्मालाई हटाएर पुन दीपालाई ल्याउने नवताएपनि उनले दीपा पुन आउनसक्ने संकेत भने गरे ।

थप जानकारी ऋषि धमलासँगको प्राइम टाईम्स टेलिभिजनको जनता जान्न चाहन्छन् ।

कार्यक्रमको यो भिडियोबाट लिनुहोला ।

प्रतिकृया दिनुहोस्