Friday, October 30

बलात्कारको घटनालाई गुपचुप राख्न खोज्ने इन्सपेक्टर र सईको जागिर चैट। पूरा बिबरण हेर्नूहोस

काठमाडोँ । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा सामूहिक बलात्कार घटना गुपचुप मिलाउन खोज्ने इन्सपेक्टर निलम्बनमा परेका छन् । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका हुन ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार ठकुरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ । यसअघि त्यही घटना आर्थिक प्रलोभनमा परेर गुपचुप पार्न खोजेको आरोपमा मुद्दा शाखाकै सई चन्द्र भण्डारी पनि निलम्बनमा परिसकेका छन् । ठकुरीलाई भने बुधबारै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।

मेडिकल रिपोर्टका क्रममा दिएको लिखित बयानमा उनले चारजनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन् । आरोपित पक्षको दबाबका कारण युवतीले बयान फेरेको हुनसक्ने भन्दै प्रहरीले बिहीबारदेखि उनलाई गोप्य सेल्टरमा राखी मनोपरामर्श दिइरहेको छ ।।

समाचार स्रोत:-न्यूज24नेपालबाट।