काठमाण्डौ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारण तथा मर्मत संम्भार गर्दाको समयमा मात्रै लोडसेडिङ हुने गरेको दावी गरेको छ । तर सर्वसाधारणले भने कुलमान घिसिङ बाहिरिएपछि अहिले प्राविधकरण व्यवस्थित हुन नसकेको आरोप लगाएका छन् ।
लामो समय लोडसेडिङको मार खेपेका नागरिकले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएको केही समयमै अन्धकारबाट उज्यालोमा बस्ने मौका पाएका थिए । देशलाई लोडसेडिङमुक्त बनाएका घिसिङको कार्यकाल सकिदै गर्दा नगारिकले उनको पुनः नियुक्तिको माग गरे । तर सरकारले कानुनी अवरोध देखाएर घिसिङलाई विदा गर्यो । त्यसबेला नै सर्वसाधारणले अब फेरी मुलुकमा लोडसेडिङ हुने हो कि भन्ने चिन्ता गरेका थिए । अहिले त्यही चिन्ता व्यवहारमा देखिन थालेको छ ।
अहिले नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङलाई निरन्तरता दिन थालेको छ । जसले गर्दा सर्वसाधारण रुष्ट छन् । कुलमानले व्यवपस्थित बनाएको नेपालको विद्युत आपूर्तिलाई अहिले फेरी अव्यवस्थित बनाउनेहरुको चलखेल बढेको कतिपयको आशंका छ । उता प्राधिकरणले भने ट्रान्सफर्मर जस्ता उपकरणहरुमा समस्या आएकाले विद्युत आपूर्तिमा अवरोध हुने गरेको जानकारी दिएका छ । प्राधिकरणका प्रवतmा मदन तिमल्सिनाका गत वर्षको तुलनामा विद्युतको माग पनि बढेको छ, जसले गर्दा समस्या आएको हो । तर सर्वसाधारणले सोचे जस्तो प्राधिकरणमा कुलमान नभएकाले समस्या आएको भन्ने बुझाई गलत भएको तिमिल्सिनाको दावी छ ।
कारण जे भए पनि पछिल्ला दिनमा निरन्तर विद्युत आपूर्ति भइरहेको छ । तर प्राधिकरणले विभिन्न प्राविधिक समस्या देखाएर पन्छिन खोजेको छ । सर्वसाधारणमा नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको त होइन भन्दै उब्जिएको छ । यो प्रश्नको यथासक्य छिटो चित्तबुझ्दो जवाफ आउनुपर्छ । विद्युत व्यवस्थापनको तालमेल मिलाउन नसकेर वा नजानेर अध्यारो युगको पुनराबृत्ति नहोस, आम जनताको अपेक्षा यहि नै छ ।
तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्