Wednesday, June 7

आज ओरालो सुनचाँदीको भाउ लाग्यो, प्रतितोला कति हेर्नुहोस् ?

2020-12-31 1342

काठमाडौँ, १६ पुस। सुनचाँदीको भाउमा दैनिक उतार चढाव कायम रहेको छ । पुस १६ गते,बिहीबार सुन सामान्य रुपमा ओरालो लागेको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।-मेरोलगानी/File Photo

प्रतिकृया दिनुहोस्