आफ्नो बोलीबाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश प्रसाइ भर्खरै विवाह बन्धनमा बाँधिएका छ्न । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । रमेश र नन्दाको विवाह समारोह धरान नगरपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा भएको थियो ।
बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाह गरेका हुन् । नेपाली परम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिएका थिए ।
स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । केही वर्ष अघिदेखि उनी काठमाडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् ।
नन्दाले १२ जना अनाथ बालबालिकालाई पालन पोषण तथा शिक्षा दीक्षा दिलाइरहेकी छिन । यसअघि लाइभ दोहोरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्धमा नै थिए ।
टिकाराम बुढाथोकिले करिब दुई बर्ष अगाडि रमेश प्रसाई सहित स-परिवारसगै उनकै निजनिवासमा लिइएको उक्त ईन्टर्भ्यु आजको श्रृङखलामा तपाइहरु समक्ष पेश गर्दैछौ ।
हेर्नुस् भिडियो :
प्रतिकृया दिनुहोस्