काठमाडौं । नायीका आँचल श्रेष्ठसंगको विवाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जिवनका बारेमा गरिने चर्चामा उदिप जोडिन आइपुग्छन् ।
विवाह लगत्तै लकडाउन भएका कारण उदिप र आँचल निकै लामो समय संगै समय बिताउन पाएका छन् । उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए । लकडाउनको अन्त्यसंग आँचल फेरी काममा फर्कीएकी छन् । उनले म्युजिक भिडियोमा काम सुरु गरेकी छन् ।
उदिप पेशाले चिकित्सक हुन् । उनीहरुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि निकै चर्चा भएको थियो । निकै भब्यताका साथ भएको विवाहको सामाजिक सञ्जाल र मिडियामा चर्चा भएको हो ।
आँचलले लगाएको गहना र कपडाको पनि कुरा भएको थियो । उदिप पेशाले चिकित्सक भएका कारणले लकडाउनका समयमा पनि उनी भने ब्यस्त नै थिए । आँचल भने घरमै रमाइलो समय बिताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर निस्केकी आँचलले उदिपको कार्यालय घुमाएकी छन् ।
उदिपको अफिसमा युटयुवरलाई लिएर गएर उनले त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चालन गरेका छन् । त्यसमा पाइने सबै सेवा र सुविधाका बारेमा उनले जानकारी दिएका छन् ।
भट्टचन कम्प्लेक्समा भएको उनको क्लीनिकमा कपालको ट्रान्सप्लान्टको काम पनि हुन्छ । उनले त्यसवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्रीमान उदिपकोक काममा पनि सहयोग गर्छिन । उनी उदिपसंगै अफिस जानिछन् र काममा सघाउने गरेकी छन् ।
तलको भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्