Saturday, March 25

आज बढ्यो सुनको मुल्यो , तोलामा यति मंहगियो

2021-01-04 702

२० पौष, काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ प्रतितोला ९४ हजार ५ सय थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्