Tuesday, January 19

काठमाडौं आʼ उँदै गरेको गाडीमा डेढ करोड रुपैयाँ भेटिʼयो

2021-01-04 187

काठमाडौं, काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सोमबार बिहान नागढुङ्गाबाट प्रहरीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट बरामद भएको महनगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले जानकारी दिए। उनका अनुसार भारतीय नागरिक अमितकुमार गुप्ताबाट एक करोड ४७ लाख रकम बरामद भएको हो। सो रकमको स्रोत नखुलेपछि आवश्यक अनुसन्धानका लागि गुप्तालाई पक्राउ गरिएको पालले बताए।

पक्राउ परेका ती व्यक्तिमाथि अनुसन्धान भइरहेको उनले बताए। पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्