Saturday, September 26

दुबईमा नेपाली कामदारहरुको लागि दुबई सरकारको नया नियम … अब यस्तो परिबतन पुरा विवरण हेर्नुहोस

दुबईमा बिदेशी कामदारहरुको लागि दुबई सरकारले नया नियमलागु गरेको छ, हेर्नुहोस

यहाँहरुले राम्रो सँग थाहा पाईनै सक्नु भयो कि अब आउँदो February-4 देखी यूएईमा working visa को लागी good conduct (Police Clearance certificate) नभई नहुने भएको छ यसको बारेमा अलिक धेरै जान्न चहानुहुन्छ भने यो अलिक पहिलेको जानकारी हेर्न पनि सक्नुहुनेछ । तलको लिङ्कमा ।

युएईमा रोजगारीका लागि जानेहरुले आगामी फेब्रुअरी ४ तारिखदेखि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पनि बुझाउनु पर्ने समाचार प्रकाशित भएपछि धेरैले हाल युएईमै कार्यरतहरु र पुनः श्रम स्वीकृति लिएर जानु पर्ने नपर्ने बारेमा प्रष्ट पारिदिन आग्रह गरेका छन् । देशपरदेशलाई सन्देश पठाएर उनीहरुले यस बारेमा अलमल भएको भन्दै सो आग्रह गरेका हुन् ।

अब देखी UAE मा कामदार भिषामा आउन Police clearance प्रमाणपत्र चाहिने ।

नयाँ  Working Visa को लागी चाहिने यो डकुमेन्टमा यदी कामदार ५ बर्ष या यो भन्दा बढी दुवाईमा बसेको छ भने यहिँ पनि अबेदन दिन सकिने कुरा दुवाई प्रहरीले आफ्नो ट्विटर अकाउन्ट मार्फत बताएको छ । साथै त्यो भन्दा कम भएको खण्डमा चाँही आफ्नै देशबाट लिएर आउनु पर्ने छ ।

आउनोस् के के चाहिन्छ र कति पैसा लाग्छ हेरौँ । Online Apply गर्न चाँही यहाँहरुले माथिको लिङ्ममा पनि जान सक्नु हुन्छ ।

Documentations required (चाहिने कागजपत्र) 

Valid Emirates ID

Active e-mail address (काम गरिराखेको तपाईँको आफ्नो ईमेल )

Service Fee  

1. Certificate – UAE National – Dh100

2. Certificate – Resident – Dh200

3. Certificate – From outside the country – Dh300

4. Knowledge fee – Dh10

5. Innovation fee – Dh10

Where to apply (कहाँ आबेदन दिन सकिन्छ ?) 

(Channel Name – Timing – Period to finish the request)

1. Dubai Police Website – Internet – (24h/7days) – 5 minutes

2. Dubai Police Smart Apps (24h/7days) – 5 minutes

3. Call center 901 (Only Inquiries) – (24h/7days) – 5 minutes

4. Offices 7.30 am to 2.30 pm (Sunday to Thursday) – 15 minutes

युएईमा रोजगारीका लागि जानेहरुले आगामी फेब्रुअरी ४ तारिखदेखि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पनि बुझाउनु पर्ने समाचार प्रकाशित भएपछि धेरैले हाल युएईमै कार्यरतहरु र पुनः श्रम स्वीकृति लिएर जानु पर्ने नपर्ने बारेमा प्रष्ट पारिदिन आग्रह गरेका छन् । देशपरदेशलाई सन्देश पठाएर उनीहरुले यस बारेमा अलमल भएको भन्दै सो आग्रह गरेका हुन् ।

यस बारेमा युएईको कुनै सरकारी निकायले प्रष्ट जानकारी दिएको छैन  । यद्यपी त्यहाँको सरकारी निकायलाई ईमेल मार्फत यसको जानकारी दिन आग्रह गरिएको छ जसको उत्तर हामीले यो सामाचार तयार पार्दासम्म प्राप्त गरेका छैनौं ।

यस बारेमा युएईका सञ्चार माध्यमहरुले भनें छोटो जानकारी दिएका छन् । जसअनुसार युएईमा नयाँ भिषा लिन चाहने आप्रवासी कामदारका लागि यो नियम लागु हुनेछ । उनीहरुले पछिल्लो ५ बर्षमा आफू विरुद्ध कुनै प्रहरी रिपोर्ट वा वारेण्ट नभएको प्रमाणित कागजात पेश गर्नुपर्नेछ । अर्थात युएईमै कार्यरतहरुले तत्काल प्रहरी रिपोर्ट बुझाउनु पर्ने देखिएको छैन ।

यसैगरी पर्यटक भिषा तथा परिवारको सदस्यलाई स्पोन्सर गरिएको भिषाका लागि पनि प्रहरी रिपोर्ट आवश्यक पर्नेछैन । युएईमा कार्यरत व्यक्ति नेपाल फर्केर पुनः जान चाहेमा भनें त्यस्तो प्रमाणपत्र आवश्यक पर्नेछ किनकी हरेक नयाँ भिषाका लागि प्रहरी रिपोर्ट अनिवार्य गरिएको छ । लामो समयदेखि युएईमै कार्यरतहरुले दवई प्रहरी वा अवुधावि प्रहरीमा यस्तो प्रमाणपत्रका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

यसैगरी यदि कोहि व्यक्ति अन्य कुनै मुलुकमा लामो समयदेखि बसिरहेको छ र उ युएई जान चाहन्छ भनें त्यस्तो व्यक्तिले आफू बसिरहेको मुलुकको प्रहरी रिपोर्ट बुझाउनु पर्नेछ । उदाहरणका लागि कुनैै व्यक्ति केहि बर्षयता कतार वा साउदी वा कुवेत  वा मलेसिया जस्ता मुलुकमा कार्यरत रहेको र युएईमा नयाँ रोजगारीमा जान चाहेमा आफूले यसअघि काम गरेको मुलुकको प्रहरी रिपोर्ट संलग्न गर्नुपर्नेछ । यसले युएईको भिषा प्राप्त गर्ने कुरालार्ई केहि कठिनाई सिर्जना गर्न सक्दछ ।

फेब्रुअरी ४ देखि विदेशी कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य, आपराधिक पृष्ठभूमिका व्यक्ति रोक्ने उद्धेश्य

युएईले आगामी फेब्रुअरी ४ देखि विदेशी कामदार लिंदा त्यस्ता कामदारले अनिवार्य रुपमा प्रहरी रिपोर्ट बुझाउनु पर्ने व्यवस्था गर्ने भएको छ । युएईमा काम गर्न जानेहरुले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट पनि संलग्न गर्नुपर्ने व्यवस्था गरिन लागेको हो ।

युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो व्यवस्था गर्न लागिएको फेडरल नेशनल काउन्सील,युएईलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमले समाचार लेखेका छन् । त्यस्तो कागजात या त सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनु पर्ने जनाएको छ । यस्तो कागजातमा सम्वन्धित व्यक्ति कुनै आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत समाचारमा जनाइएको छ ।

हाल पनि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि यो अनिवार्य नभएको तर आगामी फेब्रुअरी ४ देखि भनें अनिवार्य हुने द नेशनलले लेखेको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जीयम लगायतले अपनाउँदै आएको पद्धती नै युएईमा पनि अपनाउन लागिएको सो समाचारमा जनाइएको छ । तर टुरिष्ट भिषामा आउनेहरुलाई भनें यस्तो कागजात आवश्यक पर्नेछैन ।

यस्तो व्यवस्थाले असल व्यक्ति मात्र युएई प्रवेश गर्ने भन्दै यसले युएईको महत्वलाई अझ बढाउने फेडरल नेशनल काउन्सीलका सदस्य हमाद अल रोहोमीले बताएका छन् । उनले नै पहिलो पटक गतबर्ष यस्तो व्यवस्था लागु गर्न श्रम मन्त्रालयको बैठकमा छलफल सुरु गराएका थिए । हामी सामान्यत सवैलाई स्वागत गर्दछौं तर जसको पृष्ठभूमि समस्या सिर्जना गर्ने बाहेक उनले भनेका छन् । यसअघि जोर्डनका एक नागरिक जो युएईमा लुटपाट र बलात्कारको घटनामा पक्राउ परेका थिए उनी जोर्डनमा वारेण्ट जारी भएका व्यक्ति भएको पत्ता लागेयता सम्वन्धित मुलुकको प्रहरी रिपोर्ट अनिवार्य गर्नुपर्ने आवाज युएईमा उठेको थियो ।

यो पनि पढ्नुहोस-

बई अन्तरास्ट्रिय विमानस्थलले सामान ओसार पसारमा नयाँ नियम ल्याएको छ । आगामि बुधबार (मार्च ८) देखि कार्यन्वयन हुनेगरि यो विमानस्थलबाट डोरीले बाँधिएका झोला लैजान प्रतिवन्द गरिएको हो । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरीबेर्न नहुने विमानस्थलले प्रशासनले जनाएको हो

यहाँका सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै नियम परिवर्तन गरिको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ ।

यो नियमले नेपाली सहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिक प्रभावित हुने छन् । यी देशका नागरिकले यसरी लगेज लाने गरेका छन् । डोरीले बाँधिएका झोला विमानस्थलमा रोकिने भएकाले त्यसो नगर्न नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले आग्रह गर्नु भयो ।

मैले यो म्यासेज सेयर गर्नुको एउटै मात्र कारण हो सबै मान्छे खराब हुँदैनन् कोही कोही राम्रा पनि हुन्छन् र राम्रा मान्छेका कुरा पनि सेयर गर्नु पर्छ ।