Monday, March 30

अशोकले टंक दाई मेरो भगवान भन्दा रोकिएन आँसु…अशोकको जन्म दिन यसरी टंकको स्टुडियो मै हेर्नुहोस (भिडियो)

छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । एक बर्ष अघिसम्म झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ ।

विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका अर्थात भाइरल बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि ।

आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले । केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।

सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भए । डिजे रुपेशका साथ काठमाडौँ आएर टंक बुढाथोकीसँग गीत रेर्कड गराए । मन विनाको धन ठूलो कि धन विनाको मन…..। गीत बजारमा आएपछि त भनै चर्चामा आए अशोक । उनका लागि सहयोगी हातहरु जताजतैबाट अघि सरे ।

अहिले अशोकका हरेक क्रियाकलापहरुमा सबैको प्रत्यक्ष निगरानी छ र अशोकसम्बन्धि भएका प्रचारबाजीलाई टंक भने सकारात्मक मान्छन् । सडकमा गाउँदै हिड्ने ९वर्षे दर्जी अहिले स्टुडियो र स्टेजमा गाउन सक्ने भइसकेका छन् । उनको स्वर भरिएका अधिकांश गीत अनि इन्र्टभ्युहरुका भिडियोहरु पनि ट्रेन्डिङमा छन् ।

यसै क्रममा अशोक दर्जी र टंकको आज जन्म दिन परेको छ उनलाई जन्म दिनको शुभकामना दिदै गायक तथा संगीतकार टंक बुढाथोकी लेख्छन् : नमस्कार ।। धेरै कुरा सुने धेरै कुरा भोगे धेरै मान्छे चिने धेरै कुरा सिके सबैलाइ धन्यवाद ।।

अशोक बाबुको काम गरि रहदा बाबुको नाम मै घर जग्गा राखीदिने सोचे पछि बाबुको डकुमेन्ट बनाउन जन्म दर्ता सम्म न भएको समयमा डिजे रुपक सापकोटा भाइ र म भएर धेरै मेहनत गरेर जन्म दर्ता बनिने वातावरण बनाए पछि जन्म दिन कुन हो भनेर अशोक बाबुको आमा बाबा लाइ बुझ्दा खै पानी परेको थियो त्यो दिन अशोक जन्मिदा भनेर भन्नु भयो यकिन गरेर यो दिन हो भन्न सक्नु भएन र कुनै दिन न कुनै दिन राख्नु पर्ने भयो अनि मैले मेरै जन्म दिन आज जेठ ३ गते राख्ने सोचे !

अशोक ले कुनै दिन मलाइ भुले पनि मैले सधै सम्झि रहुँ । आज हामी दुबैको जन्म दिन मनाइ रहदा हाम्रो यो सम्बन्ध यति धेरै गाढा बनाइदिनु हुने हामीलाइ सधै हौसला माया साथ दिनुहुने हजुरहरु सबैलाइ धन्यवाद ।। -चौतारीमिडिया।

हेर्नुहोस लाइव भिडियो….