Sunday, September 27

हात जोडेर अनुरोध गर्दै ” फेरी लाईभमा आए रवि ,अर्काको दुखलाई बेचिखाने भाँडो नबनाउन अनुरोध ( हेर्नुस भिडियो)

, २२ माघ, काठमाडौँ- केहि दिन देखि सामाजिक संजालमा काठमाडौँको टिकाथली को एउटा घरमा भएको भनिएको “प्रेत र आत्मा सम्वन्धि घटना निकै चर्चामा छ ! उक्त घरमा असामान्य गतिविधि भईरहेको १ महिना भन्दा लामो  समय भएता पनि केहि दिन अघि न्युज २४ टेलिभिजनमा प्रशारण हुँदै आईरहेको लोकप्रिय पत्रकार रवि लामिछानेको कार्यक्रममा घटना बारे रिपोर्ट प्रशारण भएपछी अहिले त्यसको चर्चा यत्रतत्र छ ! सामाजिक संजालमा कसैले घटना साँचो भएको भनिरहेका छन् भने कतिपयले २१ औं शताब्दीमा भूतप्रेतको कुरा गर्नु मुर्खता पूर्ण कार्य भएको भन्दै रवि सामु नै प्रश्न तेर्साईरहेका छन् !

एकाएक घटना भाईरल बनेपछि यतिबेला उक्त घरमा “भुत” हेर्न जाने रामितेहरुको भिड लागेको छ ! घरमा अनावश्यक भिड र सोधीखोजी बढेपछी पत्रकार रवि लामिछाने लाईभमा आएर ” अर्काको दुखमा रमिते नबन्न ” अनुरोध गरेका छन् ! त्यसै गरी केहि YOutube च्यानलहरु गएर स्वीकृति बिना भिडियो खिच्ने र अन्तर्वार्ता लिने क्रम बढेपछी रविले ” हात जोड्दै ” अर्काको दुखलाई बेचिखाने भाँडो नबनाउन अनुरोध गरेका हुन् !

-उज्यालो नेपालबाट।
बाँकी भिडियोमा हेर्नुहोस् !