Thursday, September 24

कोरिया जस्तो देश छोडेर नेपालीसंग बिहे गरि नेपाल आएकी यी महिला बनिन् करोडपति,गाइन् यस्तो मीठो गीत (भिडियो)

कोरिया जस्तो देश छोडेर नेपालीसंग बिहे गरि नेपाल आएर , अहिले भन्छिन् कोरियामा जस्तो दुख गर्ने हो भने नेपालमै धेरै पैसा कमाउन सकिन्छ हेर्नुहोस भिडियो


मादेश समृद्ध बनाउने कोरियाली सूत्रमधुसुदन ओझा
गत वर्ष कोरियाली नागरिकले आफ्नो सबैभन्दा प्रसिद्ध महिला राष्ट्रपति भनिने पार्क ग्युन हेविरुद्ध आन्दोलन गरे । राष्ट्रपतिले गरेको भ्रष्टाचार र गलत नीतिको विरोधमा यहाँका नागरिक एकजुट भए । महिनौं ९ डिग्री जाडोको समेत वास्ता नगरी मध्यरातिसम्म रास्ट्रपति भवन रहेको सौल ख्वाङ्ह्वामुनमा जम्मा भए । रास्ट्रपतिमाथि महाअभियोग र राजिनामाका लागि दबाब सृजना गरेर पदमुक्त गराइछाडे । त्यहाँको संसद र अदालतले उनलाई पदबाट हटायो ।

उनकै पार्टीका बहुमत सदस्यले महाअभियोगको पक्षमा मतदान गरे भने उनैले नियुक्त गरेका न्यायाधीशले पनि उनका विरुद्ध फैसला सुनाए । एउटा बहालवाला भ्रष्ट राष्ट्रपतिले जेलको हावा खानुप¥यो । त्यति मात्र होइन, उनलाई पार्टीले साधारण सदस्यबाट समेत निस्काशित ग¥यो । जेलमा पनि उनलाई साधारण सेलमा राख्ने निर्णय गरियो ।विडम्बना हाम्रो देशका राजनेताको हकमा ठीक उल्टो अवस्था छ । हाम्रो देशमा राष्ट्रपति, उप–राष्ट्रपति र प्रदेश प्रमुखहरूलाई मुद्दा नै नलाग्ने प्रावधान राखिएको छ । यो भन्दा विडम्बना अरू के हुन सक्छ । हाम्रो देशमा यदि कुनै भ्रष्ट नेतालाई महाअभियोगका लागि प्रस्ताव आएमा सबैभन्दा पहिले त संसदबाटै माहाअभियोग फेल गरिन्छ होला ! आफ्ना पार्टीका संसदलाई ह्वीप जारी गरेर भए पनि महाअभियोगको पक्षमा मतदान गर्नबाट रोकिन्थ्यो होला र सके–चलेसम्म न्यायालयबाट पनि फेल गराइन्थ्यो होला । हाम्रो मुलुकमा राजनेता हुन चाहिने योग्यता भनेकै झुटो बोल्न सक्ने, भ्रष्टाचार गर्न माहिर र टाउको दुख्दासमेत राज्यकोषबाट उपचार खर्च लिएर विदेश धाउने हुन सक्नुपर्छ जस्तो भएको छ ।

हामी नागरिकलाई पनि आफूलाई मन पर्ने नेता हो भने जतिसुकै भ्रष्ट भए पनि दूधले धोइएको लाग्छ । कोरियाली भ्रष्ट र आम मजदुरविरोधी राष्ट्रपति पार्कविरुद्ध कारबाही हुनुपर्ने माग राखेर आयोजित गरिएका विभिन्न दबाबमूलक कार्यक्रममा हामीले पनि प्रवासी मजदुरको प्रतिनिधित्व गर्दै आफ्नो हक–अधिकारका लागि दबाब सृजना गर्न सहभागिता जनायौँ । कोरियाको राजधानी सोलस्थित राष्ट्रपति भवन आसपासमा २० देखि २५ औँ लाख मान्छे जम्मा भएर हक अधिकार र भ्रष्ट राष्ट्रपतिविरुद्ध घण्टौँ नाराजुलुस गरियो । तर, ¥याली आयोजना गरेको ठाउँबाहेक कतै पनि सडक बन्द भएको देखिएन । तोडफोड, आगजनीको नामै लिइएन । जनमासले आफूले फालेको पÞmोहोर या कागजका सानातिना टुक्रासमेत ¥यालीलगत्तै आफैँले टिपटाप गरेर व्यवस्थापन गरे ।हाम्रो देशमा विभिन्न हक–अधिकारका नाममा देशै बन्द गराउने, सार्वजनिक यातायातका साधनमा आगजनी गर्ने, तोडफोड गर्ने, कुटपिट गर्ने, देशलाई नै बन्धक बनाउने, हिंसा फैलाउने, प्रदूषण फैलाउने काम गरिन्छ । वास्तवमा हामीले हक–अधिकार या विभिन्न माग राज्यबाट गरेको हो भने सम्बन्धित निकाय प्रधानमन्त्री कार्यालय या राष्ट्रपति कार्यालय आसपासमा दबाब दिने हो । माग पूरा नहुन्जेल धर्ना, प्रदर्शन गर्नुपर्ने हो ।कोरियाली जनताले जसरी भ्रष्टाचारमा मुछिएकी रास्ट्रपति पार्क ग्युन हेलाई दबाब सृजना गरेरै पदमुक्त मात्रै गराएनन्, जेल चलान गर्न बाध्य पारे । त्यसका लागि उनीहरूले कुनै कल–कारखाना, स्कुल, बाटो र कार्यालय बन्द गराएनन् । सम्बन्धित निकायमा ¥याली, धर्ना गरेर दबाब दिए, त्यो पनि बिदाको दिन साँझको समयमा ।

हाम्रो देशमा भने माग पूरा गराउनुप¥यो भने सबैभन्दा पहिला नेपाल बन्द घोषणा गरिन्छ । काम गर्नेलाई काम गर्न दिइँदैन । यतिसम्म कि बिरामीलाई उपचार गर्न दिइँदैन अर्थात् बाटो बन्द गरेर गरीब, दुःखीलाई झन दुःखी बनाइन्छ । सडकमा हिँड्नेमाथि कुटपिट र आक्रमण गरिन्छ । उसको सवारीसाधनमा आक्रमण गरिन्छ । स्कुल, कल–कारखाना चल्न दिइँदैन । आफ्नो हक–अधिकारका नाममा अर्काको हक–अधिकारमाथि बेवास्ता गरिन्छ ।यस्तो कार्यले थोरै मात्रामा माग त पूरा होलान् तर ठूलो मात्रामा देशले नोक्सान व्यहोरिरहेको हुन्छ । नेताहरू पनि एकातिर देश विकास र समृद्धिको कुरा गर्छन्, अर्कातिर आफ्नै कार्यकर्तालाई उचालेर देशै ठप्प पार्ने काम गरिरहेका हुन्छन् । हाम्रो मुलुकका नेता, पार्टी र तिनका कार्यकर्ता देश विकासको ऐजेन्डाभन्दा पनि अर्को पक्षको विरोध, गालीगलौज र हेलाहोचो देखाउनेमै समय खर्च गरिरहेका पाइन्छन् ।

खरो बोल्ने, अर्काको विरोध गर्ने नेता नै ‘महान्’ मानिन्छ । नागरिक, पार्टी कार्यकर्ता र समर्थकलाई पनि आफूलाई मनपर्ने पार्टीको नेता जति नै नालायक भए पनि पटकपटक उसैको नेतृत्व मन पर्छ । कोरियामा प्रधानमन्त्री, मन्त्री, विपक्षीदलका नेता कुनै नगरपालिकाको मेयर या अन्य विशिष्ट व्यक्तिको वरिपरि कुनै सुरक्षा दलबल देखिँदैन । पार्टीको अध्यक्षसमेत आमजनताजस्तै पैदल हिँड्ने, सार्वजनिक यातायातको प्रयोग गर्ने गरेको पाइन्छ । चाहिएमाकोरियाले आफ्ना नेतालाई लक्जरियस कार, उच्च सुरक्षा, बडिगार्ड, आवास र अन्य सेवासुविधा दिन नसक्ने होइन । कोरियामा पार्टी, नेता, कार्यकर्ता र आमजनताको सोच ‘देश पहिला’ भन्ने छ । हाम्रो देशका नेता, कार्यकर्ता र नागरिककै पनि सोच ‘आफू पहिला’ भन्ने देखिन्छ । आफन्त, आसेपासे, चेला, चम्चा, कार्यकर्तालाई हेरिन्छ । कसरी हुन्छ भ्रष्टाचार गरेर सम्पन्न हुने सोचको विकास भएको पाइन्छ ।एउटा नेतालाई मरुन्जेलसम्म पदमुक्त भैसक्दा समेत सेवा–सुविधा प्रदान गरिन्छ । पूर्वराष्ट्रपति, जसको राष्ट्र निर्माणमा कुनै खास भूमिका हुँदैन उसैलाई अथाह सुविधा र राज्यको ढुकुटी खर्च गरिन्छ । मासिक ८ लाख जति सरकारले खर्च बेहोर्छ । यो कुराको विरोध कुनै पार्टी, नेता, कार्यकर्ता वा नागरिकले किन गर्दै ? यसले हाम्रो मुलुकमा जसरी हुन्छ, राज्यको दोहन गर्नु महानता हो भन्ने मनोविज्ञान हाबी भएको छ ।

कोरियामा अहिलेका वर्तमान रास्ट्रपतिसमेतले विगतमा विभिन्न ¥यालीमा सहभागिता जनाउँदा आमजनताका बीचमा भुइँमा बसेको देखिन्थ्यो । जबकि त्यतिबेला उनी राष्ट्रपतिको दौडमा सबैभन्दा अगाडि थिए । लोकप्रिय उम्मेद्वार र विपक्षी दलका नेता थिए । आममजदुरको बीचमा बसेका बेला हामीले समेत हात मिलाउन पाएका थियौँ । हाम्रो देशमा भने नेताहरूलाई ¥याली जुलुसमा पनि अत्याधुनिक गाडी, मञ्च र फूलमालको आवश्यकता पर्छ । अनि नेताहरू खुटामाथि खुट्टा राखेर जनमानसतिर उल्टो जुत्ता देखाउँदै आमनागरिकको पहुँचभन्दा निकै पर शान देखाइरहेका हुुन्छन् ।नेता आमजनताको सेवक हो । हुनुपर्ने हो । हाम्रो देशमा अलि ठूलो नेतासित हात मिलाउन पाउनु भगवानै भेटेको अनुभूति उसैको पार्टीका नेता, कार्यकर्ताले गर्छन् । हामी मुलुकमा विकास नभएको गुनासो गर्छौं । कोरियामा पूर्व राष्ट्रपतिमाथि समेत भ्रष्टाचारको मुद्दामा अनुसन्धान भैराखेको छ भने हाम्रो देशमा पूर्वराष्ट्रपतिलाई कानुन नै नलाग्ने व्यवस्था गरिएको छ । एकातिर नेताहरू देश विकास गर्ने, भ्रष्टाचारमुक्त देश बनाउने ठूलठूला सपना बाँड्छन्, अर्कोतिर भ्रष्टाचार गरेमा आफूमाथि मुद्दा नलाग्ने कानुन बनाउँछन् । अनि कसरी हुन्छ देशको विकास, कसरी हुन्छ समन्याय

हेर्नुहोस भिडियो