Tuesday, October 22

फुटबल एसोसिएशन फिफाका अध्यक्षले नेपाली ढाका टोपी लगाएपछी बिस्वभरीबाट पाए वाहावाही …(बिबरण सहि पूरा हेर्नुहोस्)

काठमाण्डौ –फेडेरेसन अफ् इन्टरनेसनल फुटबल एसोसिएशन (फिफा)का अध्यक्षमा निर्वाचित भएपछि जियानी इन्फान्टिनोले नेपाली ढाका टोपी लगाएका छन् । पेरिसमा आयोजित ६९ औँ फिफा कंग्रेसको सम्मेलनपछि अध्यक्षमा पुन निर्वाचित भएका अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै अखिन नेपाल फुटबल संघ(एन्फा)को टोलीले नेपाली ढाका टोपी लगाइदिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफाका नवनिर्वाचित अध्यक्ष इन्फान्टिनोलाई बधाइ दिँदै नेपाली ढाका टोपी लगाइदिएका हुन् । नेपाली टोलीमा एन्फा अध्यक्ष शेर्पासहित वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्कालगायत रहनुभएको थियो ।

फ्रान्सको पेरिसमा सम्पन्न फिफा कंग्रेसले वर्तमान अध्यक्ष जियान्नी इन्फान्टिनोलाई दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरेको हाे ।कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले ‘आपराधिक गतिविधिको जञ्जाल’ बाट फुटबललाई यसको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको प्रतिक्रिया दिए ।यसअघि हिजो बसेको कंग्रेसले एकमात्र उम्मेद्वार रहेको अवस्थामा मतदान आवश्यक नरहने भनेर संशाेधन गरेको थियो ।

४९ वर्षे अधिवक्ता इन्फान्टिनोले पहिलो कार्यकालमा दिएको आश्वासन पूरा गर्न प्रयास गर्नेछन् । पहिलो कार्यकालमा फिफा सदस्यहरु नै उनको काम प्रति सन्तुष्ट देखिएका छैनन् ।

‘अहिले कसैले पनि फिफाको संक्रमणका बारेमा कुरा गरेका छैनन् । भ्रष्टाचारका प्रकरणहरु पछिल्लो चार वर्षमा कतै पनि सुनिएन । फुटबल सकारात्मक दिशातर्फ अघि बढेको छ’, इन्फान्टिनोले फिफा कंग्रेसमा भने ।इन्फान्टिनोले आफ्नो कार्यकालमा भएका ११ वटा सकारात्मक कार्यक्रमको व्याख्या गरे ।

जसमा आर्थिक पाटो, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिडियो एसिस्टेन्ट रेफ्री, क्लब विश्वकपमा २४ टिमको सहभागिताको निश्चिततालगायतका कार्यक्रमहरुले विश्व फुटबललाई अझ व्यापक बनाएको दाबी गरेका थिए ।