Monday, March 20

आज ह्वात्तै घट्यो सुनको भाउ एकैदिन तोलामा यति घट्यो..

2021-01-10 895

काठमाडाैं, २६ पुष । सुनको भाउ आज एकैदिन ताेलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९३ हजारमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो शुक्रबारकाे तुलनामा रु २ हजार ३०० ले कम हो । छापावाला सुन शुक्रबार  प्रतितोला रु  ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन  शुक्रबार तोलामा रु ९४ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी भने तोलामा रु ६० र ले ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३३० मा शुक्रबार कारोवार भएको चाँदी आज भने एक हजार २७० मूल्य निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्