दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्।
प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। कमला उमेरले ११ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो।
९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्। परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन्।
न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन्। ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’
तलको भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्