Tuesday, January 26

टिक-टकमा भाइʼरल सचिन परियार आयुषासँग दोहोरीमा भिडे, पर्यो टʼ क्कर (हेर्नुस भिʼडियो सहित)

2021-01-12 248

काठमाण्डौ – यतिबेला सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन् ।

गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो । भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ ।

आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन् । सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादानपनमा दिईएको जवाफले सबैलाई हँसाएको पनि थियो । टिकटकमा भाईरल भएका सचिनको इच्छा आफ्नो कार्यक्रम ईन्द्रेणीमा आउने रहेछ भन्ने जब कार्यक्रमका प्रस्तोता कंडेलले थाहा पाए त्यसपछि उनैले सचिनलाई काठमाण्डौ आउन निम्तो दिए ।

आफुलाई कृष्ण कंडेलले अंकलले बोलाएको भन्ने थाहा पाएका सचिन खुशी खुशी साथ काठमाण्डौ आई पुगेपनि । अन्ततः सचिन र कृष्णको कार्यक्रममै भयो निकै रमाईलो कुराकानी । त्यही कुराकानी कै क्रममा सचिनलाई जब कृष्णले आफ्नो नाम सोधे तब सचिनले जवाफ दिएका थिए,‘कृष्ण कंडेल अंकल’ । सचिनको यो जवाफ सुनेर प्रस्तोता कंडेल निकै नै खुशी भएका थिए ।

उनले उत्साहीत हुँदै सचिनलाई अरुपनि प्रश्न गरे,‘मैले के गर्छु थाहा छ ?’ उनको यो प्रश्नको जवाफ सचिनले निकै हाँसो लाग्दो पारामा दिएका थिए,‘तपाईँले माईक फुक्ने काम गर्नु हुन्छ ।’ सचिनको यो कुरा सुनेर कार्यक्रम प्रस्तोता कंडेलसंगै त्याहाँ उपस्थित सबै जना हाँसेका थिए । सोही कुराकानी र सचिनको कार्यक्रम इन्द्रेणीमा रहेको प्रस्तुतीको केही अंश ।

हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्