Tuesday, October 22

गगन थापा भन्छन्: ‘ड्याम ड्याम सूर्यमा भोट लगाएका हरुलाई बेकार लगाइएछ भन्ने भा छ -हेर्नुहोस (भिडियो सहित)

नेपाली कांग्रेसका सांसद गगन थापाको आक्रामक स्वभाव र तर्कसङ्गत सटीक भाषणले बलियो हैसियतको सत्ता पक्षलाई बेलाबेलामा आच्छुआच्छु पार्छ। चुनावी नतिजाबाट कमजोर प्रतिपक्षीमा खुम्चिएको दल कांग्रेसलाई प्रतिनिधि सभा बैठकमा गगनको गर्जन मात्रैले पनि शक्तिशाली हैसियतमा उभ्याउँछ।

गगनले राख्ने विषयमा तर्क र तथ्यको आड रहन्छ र प्रस्तुती तेजिलो हुन्छ। त्यसैले उनका अभिव्यक्ति कांग्रेसजन लाई स्वादिलो लाग्छ भने इतरलाई पेचिलो लाग्छ।

प्रतिपक्षीका आलोचना र आरोपलाई ठाडै नकार्ने वा ‘इग्नोर’ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव नै बनेको आरोप छ। तर प्रतिपक्षीबाट बेलाबखतमा आउने शसक्त स्वरका अगाडि प्रधानमन्त्रीको पनि जोर चल्दैन।

प्रतिपक्षीबाट आउने ‘गगन गर्जन’का अगाडि सत्ता पक्ष लाचार हुनुपर्ने अवस्था बनिदिन्छ। दायाँबायाँ गर्न लागेको सरकारलाई ‘ठेगान लगाउने’ प्रतिपक्षी तप्काको अग्रमोर्चामा सँधै खडा देखिन्छन् उनै गगन।

उनै गगन प्रतिनिधि सभाका पछिल्ला बैठकहरूमा निकै तनावपूर्ण देखिए। एकहदमा यो पनि भन्न सकिन्छ कि गगनकै कारण पनि बैठक थप तनावपूर्ण बन्यो। विद्यार्थी राजनीति हुँदै ६२-६३ को जनआन्दोलनताका विरोध र प्रदर्शनहरूमा अग्रमोर्चामा उभिएर ढुंगामुढा गरेका उनै सशक्त युवा नेता गगन संसद बैठकमा पनि अवतरित देखिए।

सबैभन्दा पहिले आफ्नो सिटबाट उठेर सभामुखलाई काउन्टर दिन उनी अघि बढे। टेबुल ठोक्दै रिसको झोँकमा उनी सबैभन्दा हुत्तिएर वेल घेर्न अगाडि पुगेका थिए। संसदमा पोखिएको त्यो आवेग, प्रतिपक्षी अनुभव, सरकारको मूल्यांकन, प्रधानमन्त्रीमाथिको टिप्पणी र समसामयिक सन्दर्भ समेटिएको गगनथापासँग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।