Tuesday, October 22

विश्वास नलाग्ने ! जहाँ खुलम-खुल्ला देह ब्यापार हुन्छ … हेर्नुहोस

रमेशप्रसाद तिमल्सिना , सार्क राष्ट्रमा बंगलादेश पुग्दा नेपालकै तराई पुगेजस्तो भएको थियो । त्योभन्दा पर पुग्दा अनुभव पनि अलग्गै हुने अपेक्षा थियो । एउटै कार्यालयमा काम गर्ने साथीहरूको जमातमै मिसिएर जाँदा छुट्टै महसुस । मनमा धेरै कुरा खेलिरहे । कस्तो होला थाइल्यान्ड ?

नेपालबाट ११ जनाको टोली थाइल्यान्ड जाँदै थियो । केही साथीले रातारात (थप चार्ज तिरेर) पासपोर्ट बनाएका थिए । उनीहरूको मन त झन् चंगाझैं उडेको थियो ।भिसा लगाउने र टिकेट लिनेजस्ता काम सम्पन्न भए पछि हामी डलरको जोरजाममा लाग्यौं ।

पर्यटक भिसामा घुम्न जान लागेका हामीलाई कम्तीमा १ हजार डलर साटेको प्रमाण मागिँदोरहेछ । चिया पसलमा जति नै ठूला कुरा गरे पनि नियम कानुन त मान्नै प¥यो । हामी सबैले मान्यौं पनि । हुन त यो टोलीमा भएका हामी सबै नियम कानुनभन्दा परको समाज सोच्न नसक्ने खालका छौं । अरूलाई पनि नियम मान्नुपर्छ भनेर पैरवी चलाउनेहरूको जमात भएकाले नियमबाहेकको परिकल्पना हामीसँग थिएन र छैन पनि ।काठमाडौं विमानस्थलमा छँदासम्म स्वदेशी हावा ।

साढे तीन घण्टाको यात्रापछि विदेशी तातो हावा ।प्लेनबाट झर्नेबित्तिकै ‘टुरिस्ट’ † बैंककमा अवतरण हुनुअघि छेवैमा रहेका भार्गवले भन्नुभयो, ‘ल हेर्नुस्, कत्रो सहर ?’

जताततै झिलीमिली † साँच्चै आँखा नै तिरमिराउने खालको थियो । मैले तत्काल जबाफ फर्काइहालें,‘हामीलाई स्वागत गर्न दीप प्रज्ज्वलन गरेका †’ यस्तै यस्तै गफ गर्दागर्दै हाम्रो ‘थाई’ पनि ‘अस्थायी (३–४ दिनका लागि)ल्यान्ड’ भयो थाइल्यान्डमा !विमानस्थलमा एउटा हाइस हामीलाई लिन तम्तयार भएर बसेको रहेछ । त्यहाँबाट उसले हामीलाई बोक्यो पतैयाका लागि । हामी गफगाफमा नै थियौं । ऊ हाम्रो कुरा बुझ्दैनथ्यो हामी उसको कुरा ! ऊ कानमा एयरफोन कोचेर थाई गीत सुन्दै गाडी गुडाउन थाल्यो, हामी गफगाफमा ।

भोक लागेकाले कतै रोक्न आग्रह गर्नु थियो । अगाडि सिटमा म थिएँ । मैले नै आग्रह गर्नुप¥यो । उसले सडक आसपासमा नै ‘सेभेन इलाभेन’ नाम गरेको पसलमा रोकिदियो । जुन हाम्रो रोजाइ थियो । त्यहाँ सस्तोमा आवश्यक धेरै चिज पाइन्छ भन्ने सुनेको थिएँ ।यसअघि जानेले भोगेका थिए । खाना त खाइयो तर गन्हाउने † हामी नेपाली खान्की र बान्कीका मानिसलाई न उताको खान्की रुचिकर न बान्की नै ! हुन त नेपाली उता जाने धेरै कारण नै नहुँदो रहेछ । त्यताको ‘बान्की’ मुख्य कारण रहेछ । २ जति बजे को हुँदो हो हामी पतैया पुग्दा ।

सेभेन इलाभेनमा हामीले खाना खाएका थियौं । उता पुगेपछि शिव खकुरेलले त नेपाली बिर्सनुहुन्छ कि भन्ने डर † हामीसँग पनि अंग्रेजी मात्रै बोल्ने । सुत्नका लागि पनि अंग्रेजीमा नै आग्रह गर्नुभयो । यो आग्रह अन्तै हो कि भनेर यसो यताउता हेरेको त वहाँ र म मात्रै पो रहेछौं त † पतैया पुगेपछि सुत्ने तरखरमा लाग्यौं । केही साथीहरू बिहानीको रातको पतैया र समुद्र किनारतिर लागेछन् । भोलिपल्ट मात्रै थाहा भयो, केही साथी त्यतिबेलै त्यताको खान्की र बान्की तिर अल्मलिएछन् । समुद्रको किनारमा पुगेका साथीहरू ‘जलपान’ र ‘नेत्रपान’ गरेर फर्किएछन् ।

पतैया समुद्र किनारमा छ । यहाँबाट कोरल आइल्यान्ड जाने कार्यक्रम थियो । उतैतिर लाग्यौं । घरिघरि हामी झुकिन्थ्यौं, ‘थाइल्यान्डमा छौं कि भारतमा ।’ कारण, जताततै भारतीय । सामान बेच्न पनि उनीहरू नै आइपुग्छन् । उनीहरूकै दौडधुप । समुद्र केही पर हामी प्याराग्लाइडिङका लागि रोकियौं । पाखा भित्तामा हुर्किएको म प्रायः उफ्रन, फड्कन र उकालो ओरालो हिँड्न रुचाउँछु । फेसबुकमा त्यस्तै फोटो पोस्ट गर्दै आएकाले साथीहरूले नउड्लास् भनेर सफ्ट धम्की नै दिएका थिए । ५ सय भाटमा त्यो प्याकेज किनेर आकासिएँ ।

हाम्रो टोलीका दुईजनाबाहेक सबै उडे । ३–५ मिनेटमा ५ सय भाट स्वाहा † तर, नयाँ अनुभव बटुलेकोमा साथीहरू बेखुस हुनुहुन्नथ्यो ।उडानक्रममा म दुर्घटनामा परें । दुवै गोडामा चोट लाग्यो । तर पनि उडें । त्यसपछि केही पर समुद्रको पिँधमा जाने अर्को ‘फ न्डा’ रहेछ । साथीहरू टाउकामा बडेमानका ‘अक्सिजन क्याप’ (नाम के हो थाहा छैन, अक्सिजनका लागि टाउकामा लगाइएकाले अक्सिजन क्याप भनेको हुँ ।) लगाएर पिँधतिर लागे । मचाहिँ हल्का घाइते भएकाले त्यो रमाइलोमा सामेल हुन सकिनँ । त्यो रमा इलोमा हाम्रो टोलीका म, दुर्गा थापा, शिव खकुरेल र दिल्लीवाली गएनौं ।

त्यसपछि कोरल आइल्यान्ड पुगियो । सेतासेता तिघ्रा देखाएका तिघ्रे नै तिघ्रे फेला परे । नांगाका देशमा जाँदा नांगै हुनु भन्ने उखान सम्भेंm । म पनि ‘अर्धनग्न’ बनें । साथीहरू पनि उस्तै । को कताको को के उद्देश्यले आएको पत्तै नहुने जस्तो भइयो ।साथी पत्ता लगाउन अनुहार नहेरी थाहा नहुने परिस्थिति निर्माण भयो । सबै थाई देखाएर आआफ्ना धुनमा । त्यस्तै ‘थाई’ ल्यान्ड गर्नेको संख्या उल्लेख्य भएर देशको नाम नै थाइल्यान्ड पो राखेको हो कि आपसमा छलफल ग¥यौं । जुन छलफल समय कटाउने खालको मात्रै थियो । तर, हो कि जस्तो पनि लाग्ने ।

त्यहाँ बनाना बोटिङ पछि केही बेर यतायता टहलपहल गरियो । बनना बोटबाट लड्दा त सात्तै गयो, भन्नुहुन्थ्यो गणेश भण्डारी ।त्यसपछि फेरि पतैया आइयो । पतैया फर्कने बेलामा नारायण सुवेदी ‘बेपत्ता’ † न फोन छ । न चिनेजानेका मान्छे । प¥यो फसाद † पढेलेखेको मान्छे सोधखोज गर्दै र सहयोग माग्दै आउनुहुन्छ नआत्तिऔं भनेर के भनेको थिएँ । सुर्खेती मगर दुर्गा थापा रिसले चुर † उहाँ पनि ओर्लन खोज्नुभयो । बल्लतल्ल उहाँलाई सम्हालियो । अर्कै बोटमा चढेर सुवेदीजी पहिल्यै पतया । आइल्यान्ड पुगेर फर्कने क्रममा आपूmसँग भएको चिज बेच्न सके आर्थिक अभाव हुँदैन भन्ने यहाँको सरकार र नागरिकले प्रमाणित गरेको देखियो ।

बोल्नेको नुन पनि बिक्छ नबोल्नेको सुन पनि बिक्दैन भनेको हो रहेछ ।यौन पेसामा लाग्न चाहने महिला वा पुरूष कसैलाई पनि जहाँ राज्यले रोकेको छैन । यौनकर्मीस“ग ‘लाइसेन्स’ हुन्छ वा के हो, थाहा भएन । तर, क्लबमा यौन व्यवसायको प्रमाणपत्र नहु“ दो रहेछ ।पुरूष दर्शक रहेर महिलाको क्लब चलेजस्तै महिलाका लागि पनि ‘ह्यान्डसम’ क्लब यहा“ प्रशस्तै छन्५ लाख १३ हजार १ सय २० वर्ग किमि क्षेत्रफल भएको थाइल्यान्डको जनसंख्या ६ करोड ९२ लाख ८७ हजार ५ सय २८ छ । थाइल्यान्डमा वर्षभर उस्तै हावापानी हु“दो रहेछ ।

२३ देखि ३६ डिग्रीसम्म तापक्रम हुन्छ । यो उष्णभूमिमा यौन केवल व्यवसाय बनेको छ५ लाख १३ हजार १ सय २० वर्ग किमि क्षेत्रफल भएको थाइल्यान्डको जनसंख्या ६ करोड ९२ लाख ८७ हजार ५ सय २८ छ । थाइल्यान्डमा वर्षभरि नै उस्तै हावापानी हुँदा ेरहेछ । २३ देखि ३६ डिग्रीसम्म तापक्रम हुन्छ । यो उष्णभूमिमा यौन केवल व्यवसाय बनेको छ । पर्यटनको मुख्य आकर्षण बनेको छ । यसलाई यौन पर्यटन केन्द्र भने पनि हुन्छ । नेपाली समाजले लुकाउने तर बेलाबेलामा विस्फोट हुने यौन कुण्ठा थाई समाज मा छैन कि भैंm लाग्यो ।

तर, त्यहाँ पनि बलात्कारजस्ता जघन्य अपराध हुने गुगलमा सर्च गर्दा पाइयो । थाइल्यान्डमा यौन हिंसा ग¥यो भनेचाहिँ १५ वर्ष कैददेखि बलात्कारीलाई मृत्यु दण्डसम्मको व्यवस्था रहेछ । यौन पर्यटनबाट पैसा कमाउने बानी परेका थाई महिला अहिले धेरै समय लगाएर कम पैसा आउने काम गर्न सितिमिति रुचाउँदैनन् । मसाज गर्नेदेखि छोटो समयमा धेरै कमाउने यौन पेसा उनीहरूको मुख्य रोजाइ हो । थाइल्यान्डका बाटोबाटोमा पर्चा थमाएर ‘मसाज सर मसाज, मसाज म्याम मसाज’ भन्छन् । जुन पतयादेखि बैंकक सम्म नै पाइयो ।

यौन पेसामा लाग्न चाहने महिला वा पुरुष कसैलाई पनि यहाँ राज्यले रोकेको छैन । यौनकर्मीसँग ‘लाइसेन्स’ हुन्छ वा के हो थाहा भएन । तर, क्लबहरूमा यौन व्यवसायको प्रमाणपत्रचाहिँ नहुँदो रहेछ । पुरुष दर्शक रहेर महिलाको क्लब चलेजस्तै महिलाका लागि पनि ह्यान्डसम क्लब यहाँ प्रशस्तै छन् । पुरुष दर्शक हुने क्लबमा महिलाका यौन चर्तिकला र महिला दर्शक हुने क्लबमा पुरूषले यौनसम्बन्धी चर्तिकला देखाउँदा रहेछन् । थाइल्यान्ड यसरी यौनको मामिलामा उदार रहनुका पनि केही कारण छन् ।दोस्रो विश्वयुद्धको समयमा छिमेकी देश भियतनामबाट भागेर आएका अंग्रेज सेना र अन्य साधारण अंग्रेज तथा युरोपियनहरू लामो समयसम्म यहीँ बसे ।

उनीहरू हरेकले यहाँ बस्दा एकएक जना गरिब थाई महिलाको साथ लागेर बसे । उनीहरूले आफ्नो जीवन पनि यहीँ फाले । अनि उनीहरूले आफ्नो सम्पत्ति पनि तिनै महिलालाई छाडेर गए । यसरी पर्यटक आएर थाई महिला रोजेर बस्ने परम्परा आजसम्म पनि कायमै रहेको पाइन्छ । यही चलनको प्रभाव बढ्दै यौन पर्यटनले ठाउँ पाएको बुझ्न सकिन्छ ।यहाँ साग बेचेजस्तै त्यहाँ आवधिक मसाज गर्न मोलमोलाइ हुने रहेछ । कुरो मिलेपछि काम खत्तम † समय र पैसाको सीमा तय भइसकेपछि थप छलफल हुँदैन । (भाषा बुझे पो हुनु) पतिपत्नी जोडी नै (कसैकसैले त सन्तान पनि) सँगै आएर मोलमोलाई गर्ने र कुरा मिलेपछि एक जनाभित्र पति वा पत्नी होटल बाहिर कुरेर बस्ने गरेको पनि पाइयो ।

‘काम’ सकिएपछि दुवै जना अर्को ठाउँमा आफ्नै ‘व्यापार’का लागि जाने रहेछन् । उनीहरूको दैनिकी यसरी नै चलेको छ । कार लिएर ‘काम’ खोज्न आउने र ‘काम’ सकिएपछि कारैमा फिर्ने † ट्याग भिरेर लाइन बसेका यौनकर्मीलाई अनुभवी ग्राहकले रोज्ने रहेछन् । थाहा नभएकालाई त केको ट्याग भन्ने कुरा पत्ता लगाउँदैमा एक रात बित्ने क्या † दिनभर सँगै रहेका साथीहरू रात्रिकालीन बजार हेर्ने बेलामा को कता ? को कता ? पत्तै लागेन । कोही कोही के हो के हो ? जे होस्, अबेर राति भए पनि होटलमै जमघट ।

पसलदेखि होटलसम्म बर्मेली नेपालीले नै काम गर्दा रहेछन् । बर्मेली युवाको मुख्य रोजगार गन्तव्य थाइल्यान्ड रहेछ । खुसुक्क आउने । भिसा लगाएर होइन । स्थलमार्गबाट पनि होइन । जलमार्गबाट खुसुक्क † उनीहरूलाई नेपाली भन्दा खिस्स हास्ने र बर्मेलीभन्दा हल्का चित्त देखाउने रहेछन् । नेपालीले भेट्दा नेपाली नै भनून् भनेर उनीहरूको अन्तस्करणले भन्दो हो । आफ्नो मातृभूमि नेपाल नभए पनि पूर्खाहरूको भूमिको प्यार त पक्कै लाग्दो हो नि † बजारमा बरालिने नेपालीलाई नेपालीमा नै कुरा गरी महँगोमा सामान बेच्न खप्पिस रहेछन् बर्मेली † केही नलागे खिस्स हास्ने, जीउतिर सुम्सुम्याउने ।

तर, नेपाली ग्राहक हत्तपत्त नफुत्काउने । अरूलाई के गर्छन्, थाहा भएन । नेपालीसँग चाहिँ जुको टाँसिएभैंm टाँसिएरै भए पनि सामान बेच्ने । नेपालकै केही जानेबुझेकाहरूले ‘हाकिम’लाई ‘आफ्नो’ बनाउन र अरूसँगको सम्बन्ध टुटाउन यस्ते हर्कत गर्ने गरेको साथीसंगतबाट थाहा पाइएको थियो ।चाकडी र चाप्लुसी गर्नेहरूले विभिन्न कुरा लगाएर ‘एक गरियो तेल’ नै लगाएर भए पनि हाकिमलाई ‘अन्धो’ बनाएर अरूसँगको सम्बन्ध स्वाहा बनाएर पछि कार्यक्रमहरू नै स्वाहा पारिएका उदाहरण प्रशस्तै छन् । त्यसैले चाकडी र चाप्लुसीबाजलाई टाढा राख्न नसक्नेले न आफ्नो हित गर्न सक्छ न सहकर्मीकै भनिएको होला । -अनलाइनखवरसिधाकुराबाट