Tuesday, October 22

प्रधानमन्त्रीलाई हिलोमाथि रातो कार्पेट,डा. बाबुरामले लेखेः देश कसरी उँभो लाग्ला ? भन्दै यस्तो स्टाटस्…

प्रधानमन्त्रीलाई हिलोमाथि रातो कार्पेट,डा. बाबुरामले लेखेः देश कसरी उँभो लाग्ला ? भन्दै यस्तो स्टाटस्…

काठमाडौँ । हिलोमाथि रातो कार्पेट विछ्याएर उद्घाटन कार्यक्रममा गएको विषय निक्कै नै आलोचना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक उत्सवको उद्घाटन कार्यक्रममा जानेक्रममा हिलोमाथि बिछ्याइएको रातो कार्पेटमा हिँडेपछि समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले समेत प्रधानमन्त्रीको ओलीको विरोधमा सामाजिक सञ्जालमा आफ्ना भनाई राखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशको प्रमुख ज्ञान उत्पादन केन्द्र त्रिवि को यस्तो हविगत छोप्न रातो कार्पेट विछ्याउने प्राज्ञहरू, त्यसमाथि धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला ?

विश्वविद्यालय भित्र मन्दिर बनाउने पैसाले यो हिलाम्मे बाटो पिच गर्न सकिन्नथ्यो ? यस्तो उल्टो बुद्धि हुनेले के पढाउलान् ?’

बुधबार त्रिविले आफ्नो ६० औँ वार्षिक उत्सव एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीका साथै सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो । -न्यूज२४नेपालबाट।