Monday, March 20

पर्वतमा ९१ बर्षीय बाजेका ३ ओटी श्रीमती, बाजेको निकै चाखलाग्दो कथा (हेर्नुस भिडियो सहित)

2021-01-16 2157

पर्वत – ९१ वर्षका बृद्ध हजुरबुवा । जस्ले तीन वटी श्रीमती बिहे गरेका रहेछन् । त्यो पनि मागेर झ्याँई झ्याँई बाजा बजाएरै बिहे गरेका रहेछन् । उनका कुरा सुन्दा किताबमा लेखिएका कथा जस्तै लाग्ने । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा बस्छन् उनी ।

उनले तीन वटी बिहे गरेपनि हाल उनी जेठी र कान्छि गरी दुई वटी श्रीमतीसंग छन् । माईली श्रीमतीले बितेको कुरा सुनाउँदा पनि भावुक भए ती हजुरबुवा । अवस्था जे जस्तो भएपनि आफुले बिहे गरेर ल्याएकी श्रीमतीले आफ्नै काखमा जिन्दगीकै अन्तिम सास फेरेपछि भावुक हुनु स्वभाविक नै हो ।
उहीबेलाको १ सय रुपैयाँ खर्च गरेर तीन वटी श्रीमती बिहे गरेको कुरा सुनाउने ती हजुरबुवाले किन गर्नु भयो त तीनतीन वटी श्रीमती भनेर सोध्दा‘आँखाले देखेर नभ्याउने सम्पत्ति थियो क्यारे त्यसैले जस्ले पनि बिहे गरेर छोरी दिनलाई घरमै आउँथे ।

उबेला बहुविबाहको मुद्या पनि नलाग्ने । त्यसैले मैले पनि गरें स्वादले । अब अहिले यी यस्तो भयो ।’ ठट्टेउली पारामा आफ्ना पुराना कुरा सुनाएका उनी अहिले बिरामी पनि रहेछन् । आफु बिरामी भएको कुरा निकै दुः खी हुँदै उनले सनाए ।

हल्लिए जस्तो देखिने आफ्नो देब्रे हात उचाल्दै उनले भने,‘उबेला पुलिसले हिर्काएको हात हो यो । अहिले यस्तो भएको छ । यो हातले काम गर्न सक्दिन ।’ तीन वटी श्रीमतीलाई संगै राखेर खुशी बनाउन सक्नु पनि बेग्लै खुबी हो ।

अहिले उनलाई घर वरपर हिंड्दा जेठी र कान्छी श्रीमतीले दाहिने र देब्रे हात समात्दै घर घुमाउँदा रहेछन् । कसैले पनि आफुमाथि सौता बेर्होन चाहाँदैन । तर उनकी जेठी श्रीमतीले दुई वटी सौतालाई श्रीमानले बिहे गर्दा सौता लिनै उनीहरुको माईत गएको कुरा सुनाईन् ।

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्