Wednesday, September 23

रातको समय नयाँ वस्तीको गेटमै यस्तो हालतमा भेटिए धुर्मुस (भिडियो)

रौतहट । रातको समयमा रौतहत चन्द्रपुर-८ सन्तपुर वस्तीमा पुग्दा देखिएको दृश्य साँच्चिकै घतलाग्दो थियो । बत्तीको उज्यालोमा टलक्क टल्किएका घरहरुको झकिझकाउ सुन्दर दृश्य वर्णन गरेर नसकिने थियो । त्यो भन्दा पनि हेर्न लायक दृश्य थियो धुर्मुसको रातभरको खटाइ ।

कलाकार सिताराम कट्टेल धुर्मुस पीडितका लागि घर बनाउन यसरी खटिएको देख्दा स्थानीय पनि हात बाँधेर बस्न सक्ने कुरै भएन । स्थानीय दिनभर धुर्मुससँग खटिन्थे र राती घर लाग्थे । तर धुर्मुस भने रातको समयमा पनि काम के कसो भैरहेछ स्वयं हेरेर बसेका भेटिए । उनी मध्य रातसम्म यसरी नै काममा चासो दिएर खटिन्थे ।

हामी पुगेको त्यो रात कुंजना अर्थात सुन्तली वस्तीमा थिइनन् । कलाकारको यो जडी धुर्मुस-सुन्तलीको नामबाट बनेको फाउण्डेशनल यो वस्तीमा ४७ वटा नयाँ घर बनाएर बाढी पीडित स्थानीय विपन्न परिवारलाई सुम्पेको हो ।

करिव ६ करोडमा निर्माण सम्पन्न भएको वस्ती मंगलबार राष्ट्रपतिको हातबाट स्थानीयलाई हस्तान्तरण गरिएको छ । दुई दिन पहिले वस्तीमा पुग्दा धुर्मुस जुन हालतमा देखिए त्यो दृश्य भिडियोमा उतार्न जो कोहीले पनि इच्छा राख्छ ।

हेर्नुस् सन्तपुर वस्ती पुग्दा रातको समयमा जे देखियोः