Saturday, September 19

२० वर्षीया नवविवाहित महिलालाई आफ्नै घरपरिवारद्वार मट्टीतेल छर्केर आगो लगाईयो

धनुषा । २० वर्षीया नवविवाहित महिलालाई आफ्नै घरपरिवारले मट्टीतेल छर्केर आगो लगाईको छ । हजरा खातुनलाई हत्या गर्ने प्रयास गरेका हुन् ।

क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरकी हजाराको टाउकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेका छन् । उनी गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । हजरा क्षिरेश्वरनाथ नगरपालिका–८, हार्सरका स्थानीय अलिशेख कवारीका २४ वर्षका छोरा रसिद राइनकी श्रीमती हुन् । घाइते उनलाई उद्धार गरी उपचारको लागि अस्पताल पठाएको जानकारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको हो। घटना स्थलाबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको प्रहरीले बताए।

माइतीपक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको छ । हालसम्म प्रहरीले हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ । -न्युज२४नेपालबाट