Monday, March 20

धादिङकी यी २२ बर्षिय युवतीको स्वर सुन्दा राजु परियार च’कित (हेर्नुहोस् भिडि;यो)

2020-11-15 2316

(भिडियो समाचारको अन्त्यमा राखिएको छ)
अहिले एक–दुईवटा गीत हिट हुनासाथ गायक–गायिकाहरुलाई स्वदेश तथा विदेशका कार्यक्रमहरुमा निम्तो आउन थाल्छन् । चलेका गायक–गायिकाहरुका लागि त विदेश यात्रा पानी पँधेरो धाएजत्तिकै हुन्छ ।

यस हिसाबले सयौं हिट गीत दिएकी विष्णु पनि देश–विदेशका कार्यक्रममा व्यस्त रहनुपर्ने हो । तर, उनले अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन् । स्वदेशकै मेला–महोत्सवमा पनि उनी पुग्दिनन् । जब कि उनको सबैतिर चर्को डिमान्ड छ ।

अहिलेकी नम्बर १ लोकगायिका मानिने विष्णु रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी छन् । उनीसँग एउटा मोवाइल पनि छैन । गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा जान्नन् । घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन् । स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन् । सामाजिक सञ्जालमा उनको नामोनिशान छैन ।

आजसम्म एकचोटि पनि सञ्चारमाध्यममा आएकी छैनन् उनी । सानातिना कलाकारको पनि इन्टरभ्यू छ्याप्छ्याप्ती भेटिने समयमा उनको एउटै इन्टरभ्यू कतै भेटिँदैन । यति मात्रै होइन, विष्णुको नयाँ तस्वीर नै नआएको धेरै भयो । उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्वीर प्रयोग भइरहेको हुन्छ ।

काठमाडौंमा उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन । थाहा हुनेहरु पनि बताउन चाहँदैनन् । स्याङ्जास्थित माइतीघरमा पनि उनी नपुगेको धेरै भइसकेको बताइन्छ ।

कर्णप्रिय स्वरकी धनी गायिकाको फ्यान फलोइङ भने ठूलो छ । यूट्यूवमा विष्णुका गीतमा कमेन्ट गर्ने धेरैले उनको वास्तविक अवस्थाका बारेमा जिज्ञासा राखिरहेका हुन्छन् । उनलाई मिडियामा आउन फ्यानहरुले निरन्तर आग्रह गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस्