Tuesday, October 22

नेपाल VS सिंगापुर विश्वकप छनोट: सुरुवातमै नेपालले यो के गर्यो ? हेर्नुहोस (लाइव )

काठमान्डौं– नेपालले आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले उत्कृष्ट सुरुवात गरेको छ ।

सुरुवाती १० ओभरमा सिंगापुरले ९६ रन बनाउन १ विकेट गुमाएको छ । उसका लागि टिम डेविडले २२ बलमा ६ चौका सहित ३७ रनमा खेलि हरेका छन् । त्यस्तै रोहन रङ्गराजन ३१ बलमा ३ चौका र ४ छक्का सहित ४८ रनमा खेलेका छन् । रोहन र डेविडले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरि सकेका छन् ।

करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगे । त्यसयता भने नेपालले आफ्ना प्रमुख पाँच बलर प्रयोग गरि सक्दा विकेट लिन सकेको छैन ।

हेर्नुहोस लाईव अपडेट..


-अनलाईनमाग