Thursday, October 1

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य , कसरी बनाउने रिपोर्ट पुरा हेर्नुहोस

युएई आउने विदेशी कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य चाहिने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो ।

युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउन सक्ने छन् । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ ।

पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन ।

युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनु पर्छ । अन्यथा यहाँ आएर पास्पोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुुभयो ।

युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात  बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ ।

चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।

चारीत्रिक प्रमाणपत्र आफ्नो वेभ साइबाट डाउनलोड गर्न सकिने प्रहरीले जनाएको छ । निवेदनका साथमा राहदानीको प्रतिलिपी, नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता, पासपोर्ट साइजको २ वटा रंगिन फोटो चाहिन्छ ।  निवेदन दिएको तीन दिनपछि सम्बन्धित कार्यालयबाट बिहिबार र शुक्रबार मात्रै प्रमाणपत्र वितरण गरिने प्रहरीले जनाएको छ ।

युएईमै रहेका नेपालीले के गर्ने ?

युएईमै रहेका नेपालीका लागि अहिलेकै कम्पनीमा रहुुञ्जेल पुलिस रिपोर्ट आवश्यक पर्दैैन तर कम्पनी परिवर्तन गर्नुु परेमा रिपोर्ट अनिवार्य गरिएको छ । कम्पनी परिवर्तन गर्नेहरुले आफू रहेको ठाउँ नजिकैको प्रहरी कार्यालयबाट रिपोर्ट बनाउन सक्नेछन् ।

दूतावासमा जानकारी लिन आउने बढे

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरिएपछि दूतावासमा यस बारे बुझ्न आउनेहरु बढेका छन् । उनीहरुले टेलीफोन गरेर र आफैैं दूतावासमा आएर जानकारी लिइरहेको दूतावासका प्रवक्ता द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

यसैबिच युएईका लागि कार्यबहाक नेपाली राजदूत सागरप्रसाद फुुयाँलले नेपालीलाई कागजात बनाउन र यो जानकारी सबैसम्म पुर्याइदिन पनि आग्रह गर्नु्भएको छ । युएईले यो योजना आपराधिक गतिविधि नियन्त्रण गर्न ल्याएको भन्दै फुुयाँलले यसले नेपालीलाई फाइदा हुने बताउनु्भयो ।

source- ujyaaloonline