Sunday, September 20

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर , के छ त अफरमा हेर्नुहोस

काठमाडौं, माघ २४ – एनसेलले भ्यालेन्टाइनलाई लक्षित गरेर विभिन्न प्याक ल्याएको छ । आउँदै गरेको भ्यालेन्टाइनका लागि एनसेलले असिमित भ्वाइस प्याक र डेटा प्याकसहितको अफर ल्याएको एनसेलले जनाएको छ ।

असिमित भ्वाइस तथा डेटा प्याकको अफर बिहीबार देखि १५ दिनको लागि लागु हुने जनाएको छ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानि गर्न सक्नेछन् ।

यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुने एनसेलले जनाएको छ । त्यस्तै २० रुपैयाँमा एक घण्टाका लागि असिमित डेटा प्याक लिन सकिने जनाएको छ ।