Wednesday, October 20

विश्व इतिहास रच्दै नेपालीले विश्वको दोश्रो अग्लो हिमालमा पहिलो पाइला टेके

2021-01-17 485

एजेन्सी । १० जना नेपालीको पर्वʼताराेही टीमले इतिहास रचेका छन् । पाकिʼस्तानमा रहेको विश्वको दोश्रो सʼबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीʼहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमʼका एक सदस्य निमर्ल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । अघिʼल्लो साता मात्र स्पेʼनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा गोडा चिप्लिएर लड्दा मृत्यु भएको थियो । याे हिमाल अʼहिलेʼसम्म कसैले पनि आराेहण गर्न सकेका छैनन् । केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ । यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाʼकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिएको थियो । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा केटु हिमाल चʼढ्ने कोसिस गरे पनि असफल भए र उनको मृत्यु भयो । सुरुमा नेपाली पर्वतारोहीको चारवटा टीम पर्वतारोहणका लागि निʼस्किएको थियो, जसमा ६० जना थिए । तर, अन्तिममा १० जनाले मात्र सफल आरोहण गरे । उनीहरुले केटु हिमाल चढेसँगै नेपालको नाममा ऐतिहासिक उपलब्धि दर्ता भएकाे छ ।

निर्मल पुर्जाले नेपाली टीमले विश्वकाे दाेस्राे शिखर केटुमा पहिलाे पाइला राखेकाे सफलता सामाजिक सञ्जालमा सेयर गर्नुभएकाे छ । उहाँले भन्नुभएको छ, ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सʼकिन्छ भन्ने प्रमाणित भएको छ ।’

पहिलो पटक सन् १९८७ देखि १९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहण गर्ने कोसिस गरे पनि अहिलेसम्म कोही पनि ७ हजार ६ सय ५० मिटरभन्दा माथि जान सकेका थिएनन् । पर्वतारोही कामीरीता शेर्पाले नेपाली पर्वतारोहणको इतिहासमा यसले नयाँ आयाम थपेको बताउनुभयो । उहाँले १० नेपालीले आफ्नो बहादुरी र साहसले केटु हिमाल आरोहण गर्दै इतिहास रचेका छन् । कामीरीता २४ पटक सगरमाथा आʼरोहण गर्ने पर्वतारोही हुन् ।-इमेजखबरबाट।

प्रतिकृया दिनुहोस्