Friday, October 30

रिलिज भएको १ साता नबित्दै युट्युबमा सार्वजनिक भयो ‘पटुकी’ हेर्नुहोस …. पुरा फिल्म हेर्नुहोस

गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पटुकी’ युट्युब मार्फत रिलिज गरिएको छ । हलमा प्रदर्शनमा आएको १ साता पनि नबित्दै सिनेमालाई युट्युबमा रिलिज गरिएको हो । हलमा प्रदर्शन गर्दा हलवालाको भाडासमेत नउठाएको सिनेमा निर्माण टीमले सिनेमालाई युट्युबमा रिलिज गरेको बुझिएको छ ।

राम नेपालको निर्देशनमा बनेको सिनेमा ‘पटुकी’ मा माया प्रेममा उत्पन्न हुने द्वन्द्वात्मक पक्षहरुलाई समेटिएको छ । म्याक्तेन कालुले कथा लेखेको सिनेमामा लक्ष्मण घिमिरेको सिनेम्याटोग्राफी र राजनराज शिवाकोटीको संगीत रहेको छ ।

नारीप्रधान भनिएको सिनेमालाई सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ । कालुकै लगानी रहेको सिनेमामा रजनीसँगै जेम्स बिसी, दिपिका कडेँल, रोजी श्रेष्ठ, हरि थापा लगायतका कलाकारहरुको मुख्य भुमिका
छ ।