Wednesday, September 30

संसारकै उदाहरणीय बाबु, अपाङ्ग छोरीलाई जन्म दिएर आमा ७ दिनमै बितिन बाबुले होटलमा भांडा माझेर हुर्काउदै छन् (भिडियोसहित)

काठमाडौं – सामान्यतया एउटी आमाले आफ्ना छोराछोरीको लागि जीवनमा ठूलो संघर्ष गरेका उदाहरण हामी सबैले धेरै देखेका छौं । विवाह गरेको छोटो समयमै पति गुमाएका थुप्रै महिलाहरु छोराछोरीको मुख हेरेर आजिवन एक्लै बसेका थुप्रै उदाहरण हाम्रो समाजमा छन् । तर एउटी श्रीमति गुमाए पछि छोराछोरीको भविष्य भन्दै एक्लै बसेका पुरुष हाम्रा समाजमा विरलै भेटिन्छन् ।

यस्तै एक उदाहरण हुन गाइघाटका राजकुमार जोशी । ११ वर्ष पहिले छोरीलाई जन्म दिएको एक महिनामै उनको श्रीमतिले यो संसार छाडीन् । विपन्न परिवार त्यो भन्दा माथि तिनवटा साना साना छोराछोरी । सबैको पालन पोषणको जिम्मा राजकुमार एक्लैको काँधमा आयो । श्रीमतिको वियोग एकातिर छ भने छोराछोरीको जिम्मेवारी अर्काे तिर ।
घरमा आम्दानीको श्रोत केही थिएन । उनले त्यो एक महिनाको दुधे छोरीलाई आफैले हुर्काउने आँट गर्न सकेनन् । त्यसैले महिनामा ८ हजार रुपैया दिएर आफन्तलाई छोरी फुलकुमारी जिम्मा लगाए । अनि आफु कामको खोजिमा निस्किए । अन्य छोराछोरी मागेर खानसक्ने भएकाले घरमै बसे ।

छोरी पाल्न दिएको घरमा महिनाको ८ हजार रुपैया पठाइरहन्थे । तर छोरीको अवस्था बुझ्न जाने उनीसंग समय थिएन । होटलमा भाँडा माझेर कमाएको पैसा छोरीको पालन पोषणको लागि पठाउन पाउँदा जीवनमा सबैभन्दा आनन्द मान्थे ।

केही समय उनको यसैगरी बित्यो । तर एक दिन जव उनी छोरीलाई भेट्न आफन्तकोमा गए उनको आँखा अगाडीको संसार धमिलो भयो । सुन्दर छोरी जिम्मा लगाएर प्रति महिना पैसा समेत दिने गरेका आफन्तले उनको छोरीको पालन पोषण राम्रो संग गरेनछन् । अहिले उमेरले ११ वर्षकी भए पनि न उनी बोल्न सक्छिन् न त सुन्न नै । शरिर पनि अपागं जस्तो छ । “आफन्तलाई छोरी जिम्मा लगाएको थिएं, महिनामा ८ हजार रुपैया पनि दिन्थे तर मेरो छोरी बिगारी दिएछन्, उनले भने ।

त्यस्तो अवस्थामा उनलाई आफ्नी छोरी अरुको घरमा राख्न मन लागेन । ति भन्दा अघिका दुई छोरी विवाह गरेर आफ्ना आफ्ना घर गए छोरा मुग्लान पसे । तर शारिरिक रुपमा अशक्त छोरीको जिम्मा फेरी पनि उनकै कांधमा आयो । आफ्नै बस्ने ठेगान नभएका राजकुमारलाई अब अर्काे समस्या छ । विरामी छोरीको उपचार गर्नु साथै पालन पोषण गर्नु । केही महिना अघि सम्म अर्काको क्रेसरमा काम गर्दै आएका राजकुमार अहिले लालगढ स्थित श्रेष्ठ स्टाप होटलमा भाँडा माझ्ने काम गर्छन । दिनभरी उनी होटलको काममा ब्यस्त हुदा छोरी फुलकुमारी होटल अगाडीको बाटोमा त्यसै भुइमा लडिरहेको अवस्थामा हुन्छिन् । मुखभरी झिँगा भन्केका हुन्छन् । तर त्यो झिँगा धपाउने चेतना पनि उनीसंग छैन ।

छोरीको भविष्यलाई लिएर निकै चिन्तित राजकुमार कसैले आर्थिक सहयोग गरे छोरीको उपचार गर्ने इच्छा ब्यक्त गर्छन । “छोरीको भविष्यको निकै चिन्ता लाग्छ, आफन्तको घरवाट ल्याए पछि अस्पतालमा देखाएं तर ठिक भएन, उनले भने राम्रो अस्पतालमा लैजाउँ भने म संग पैसा छैन, मलाई तल माथि केही भयों भने यो छोरीको अवस्था के होला सम्झँदा पनि मन कहालिन्छ ।”-लाइटनेपाल
हेर्नुहोस यो भिडियो