Monday, March 20

जुम्लामा लोडसेʼ डिङ्ग तालिका सार्वजʼनिक (तालिका सहित)

2021-01-18 1077

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे ।

टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने जुम्ला वितरण केन्द्रले जनाएकाे छ । त्यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रत्येक हप्ता लोडसेडिङको तालिका परिवर्तन हुने पनि जुम्ला वितरण केन्द्रले जनाएकाे छ । सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।

तालिका हेर्नुहोस

यो पनि हेर्नुस… बढ्यो पेट्रोलियम पदार्थको मुल्य , कुनको भाउ कति पुग्यो ? हेर्नुस काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा  प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढाएको हो । मूल्यबढेसँगै  पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।
अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटिर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्