Tuesday, October 22

अपां*ग भएको थाहा हुँदा*हुँदै विक्रमको जीव*नमा भगवान बनेर आइन् मनु….. सबैले हेर्नुहोस्…..

काठमाडौं / सुख पाउँला भनेर एउटी आमाले निकै दुख गरेर छोराछोरी स्याहा*र्छिन । छोराछोरीको भविष्य हेरेर उनले दुखजिलो गर्छिन । अर्काको मेलामा जाँदा अरुले खाजा खान भनेर दिएको मकै पनि पोल्टामा बोकेर घर लिएर आएर छोराछो*रीलाई खुवा*उँछिन् ।

आफुले एक अक्षर पढेकी छैनन् तर पनि त्यस्तो दुख सहेर छोराछोरीलाई पढाउँछिन् । गाउँमा विपन्नताले बस्न नसकेर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया जान्छन् । श्रीमानले पैसा पठाउलान् र गाउँमा ऋण ति*रौंला भनेर आश गरेर बसेकी उनै श्रीमतीको कानमा पर्छ श्रीमान मलेसियामै दुघट*नामा पर्छन ।

सबै पीडा सहेर छोराछोरीको मुख हेरेर बसेकी हुन्छिन् तर त्यही छोरा पनि जवान भएपछि उनै आमाले सहारा बन्नुपर्ने अवस्थाको हुन्छ ।

ठूलो भएर आफुलाई हेर्ला भनेर दुख गरेर हुर्काएको छोरा मोटरसाइकल दुर्घटनामा परेर अहिले उनै आमाले स्याहार गर्नुपर्ने अवस्थामा पुगेका छन् । छोराको शरिर नै चल्दैन । ह्वील चियरमा राखेर आमाले डुलाउँछिन्, खाना खुवाइदिने र नुहाइदिने समेत गर्नुपर्छ । यो कथा कुनै फिल्म वा उपन्यासमा लेखिएको होइन । यो भिडियोमा भएको यो पीडा कुनै उपन्यास भन्दा कम मा*र्मिक छैन ।

रुपा र कृष्णको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम सुनार कामबाट फर्कदा मोटरसाइकल दुर्घटनामा परे । उनी मध्यरातमा दुर्घटनामा परेका थिए । काठमाडौं न्युरो अस्पतालमा उपचार गर्दा ६ महिना सम्म उनको आवाज नै आएन । तर विस्तारै आवाज आउन थाल्यो । तर पहिलाको जस्तो आवाज अहिले पनि छैन ।

उनी आफ्नो बुवाआमाको बुढेसकालमा सहारा बन्न चाहन्थे तर अहिले पानी पनि अरुले नै खुवाउनुपर्छ । उलाई आफ्नो आमाले हेरचाह गर्नुहुन्थ्यो । त्यो बेलामा उनले आमालाई धेरै पटक विष ल्याएर दिनु म बाँच्न चाहन्न भनेर भने । त्यसो भन्दा आमा रुनुहुन्थ्यो । त्यही बेलामा उनको एक जना युव*तीसंग फेसवुकमा कुराकानी हुन्थ्यो । मनु लामासंग उनको फेसवुकमा कुराकानी हुन थाल्यो । फेसवुकमा कुराकानी हुँदै उनीहरुबीच टेलिफोनमा कुराकानी गर्न थाले ।

रुपा जसले विवाह पछि यस्तो अवस्था भोगीन् । विवाह भएको दुई महिनामा उनको श्रीमान कृष्णको दुर्घटना भएर हातखुट्टा गुमाएका थिए । तर विक्रम भने विवाह अघि नै अशक्त छन् । विक्रमले आफु अशक्त भएको र खाना समेत अरुले खुवा*ईदिनुपर्छ भनेर भन्दा मनुले विश्वास गरिनन् । तर विक्रमले कार्यक्रम इन्द्रेणीमा सहभागी भएर आफ्ना कुरा राखे त्यो भिडियो मनुले पनि हेरिन् ।

त्यसपछि उनी झन विक्रमसंग नजिक भइन् । मनुले विवाहको प्रस्ताव राख्दा विक्रमले पहिला आफुलाई आएर एक पटक हेर्न र त्यस पछि मात्र विवाहबारे निर्णय गर्न आग्रह गरे । जव मनु विक्रमलाई भेट्न आइन त्यसपछि उनले विक्रमलाई छोडिनन् ।

उनले आफ्नो इच्छाले विक्र*मसंग विवाह गरिन् । मनुको माइती यो विवाहबाट खुसी छैनन् । मनुलाई फर्केर आउनु भन्छन् । तर उनी विक्रमलाई छोडेर जान सक्दिनन् ।