Tuesday, October 22

यौ*न दुर्व्यव*हारको आ.रोप लागेका सभामुख महराले दिए राजीनामा…

काठमाडौँ१४ असाेज । यौ*न दुर्व्यवहारको आरोप लागेका सभामुख महराले अन्ततः राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनु पर्ने ठहर गरेपछि उनले राजीनामा दिएका हुन् ।

महराले उपसभामुख समक्ष राजीनामा बुझाएका हुन् । आफू विरुद्ध लागेका आरोपको स्वतन्त्र र निष्पक्ष छानबिनमा सहयोग पुगोस् भनेर नैतकिताको आधारमा आजैका दिनदेखि लागू हुनेगरी छानबिन नसकिँदासम्मका लागि पदबाट राजीनामा दिएको उनले बताएका छन् ।

संसद सचिवालयमा कार्यरत एक महिलाले सोमबार सभामुख महराले आफुमाथि यौ*न दुर्व्य*वहार गरेको आरोप लगाएपछि यस विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा (नेकपा)सचिवालयको आकस्मिक बैठकसमेत डाकिएको थियो ।

– न्यूज२४नेपालबाट