Wednesday, September 30

फागुन १ मा महाशिवरात्री : भुलेरपनि नगर्नुस् यी १० काम, जीवन विनाश हुनेछ…

महाशिवरात्रि शिवभक्तको लागि बिशेष महत्वको हुनेगर्छ ।यो बर्ष फागुन संक्रान्तिकै दिन महाशिवरात्रि परेको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु यस दिन शिवको बिशेष पूजा अर्चनामा लिन हुनेगर्दछ्न् ।चाडै प्रशन्न हुने र चाडै नै क्रोधित बन्ने भनेर शाश्त्रहरुमा बर्णन गरिने आराध्यदेव भगवान शिवको पूजा अर्चनामा बिशेष ख्याल गर्नुपर्ने पण्डितहरु बताउछन् ।

महाशिवरात्रीमा भगवान शिवलाई प्रशन्न गर्न चाहने भक्तजनले पूजामा निम्न १० कुरा गर्न नहुने बिश्वास गरिन्छ :

१.महाशिवरात्रिमा कालो रंगको बश्त्र धारण गर्नुहुदैन । भगवान शिवलाइ कालो रंग मन नपर्ने धर्म शास्त्रमा बर्णन गरिएको छ ।

२.भगवान श‌िवलाइ सेतो फूल धेरै राम्रो लाग्छ तर केतकीको फूल सेतो भएपनि भोलेनाथलाइ मन नपर्ने हुनाले चढाउनु हुदैन ।
३. भगवान श‌िवको पूजा गर्दा शंखबाट जल अर्प‌ित गर्नु हुदैन ।
४ . भगवान श‌िवको पूजामा तुलसीको प्रयोग पनि वर्ज‌ित मानिन्छ ।
५ .शिवजीलाई पूजामा तिल नचढ़ाउन सिफारिस गरिएको छ । तिल भगवान व‌िष्‍णु भगवानको मैल बाट उत्पन्न भएको मानिन्छ ।

६ भगवान शिवलाई टूटेको चामल ( अक्षता ) पनि मन पर्दैन ।
७ .शिवरात्रिको दिन शिवलिंगमा नरिवलका पानी चढ़ाउन हुदैन । शिव प्रतिमामा नरिवल चढ़ाउन भने बर्जित छैन तर नरिवलकाे पानी निकाल्नु पर्दछ ।
८.हल्दी र कुमकुम उत्पत्तिको प्रतीक हो, त्यसैले पूजामा प्रयोग गर्नुहुन्न ।
९. बेल पत्र शिवजीको प्रिय हो । बेल पत्रको तीनै पात सद्दे हुनुपर्छ , च्यातिएको पात हुनुहुन्न ।
१०.पूजामा प्रयोग गरिने फूल बासी र ओइलाएको नहोस् ।