Tuesday, October 22

स्वस्तिमा खड्का र निश्चलको आट मन*पर्यो, फिल्म घामड सेरेको गीत- हेर्नुहोस् (भिडियो सहित)

काठमाडौं/ होस्टे*ल, जेरी, गाजलु जस्तो सफल चलचित्र पस्किएका हेमराज विसी निर्देशित नयाँ चल*चित्र घामड शेरेको पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ विटको साली मनपर्यो बोलको रोमान्टिक गीतमा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का फि*चर्ड छन् । यो चलचित्रमा दुईको प्रमुख भूमिका छ । उनीलाई फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देख्न पाइने बताइएको छ ।

दशैंको शुभका*मना स्वरुप सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । उनलाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । दीप लामा द नेक्स्ट को कोरि*योग्राफी रहेको गीतको अडियो र भिडियो दुबै सशक्त छ । गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पहिलो पटक निश्च*ल र स्वस्तिमाले जोडी भएर काम गरेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । यसअघि दुईले चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा ठुम्का लगाएका थिए । घामड शेरे कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक*लगायतका कलाकारहरुको पनि अभिनय छ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई न*रेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ । निर्देशक वि*सीले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन् । उनी चलचित्रका निर्माता पनि हुन् । अधिकांश छायांकन सुर्खेतमा भएको चलचित्रको वितरण स्टे*शन फाइभ र डिसिए*नले मिलेर गर्दैछन् ।

हेर्नुहोस भिडियो…