Tuesday, October 22

स्वास्थ्य*कर्मीले बिरा*मीसँग अस्पतालमै यसरी मनाए विजयादशमी -हेर्नूहोस (तस्वीरहरूमा)

चितवन । सधैँ अरूकाे सेवामा खटिने चिकित्सक तथा नर्सहरूकाे दशैं अस्पतालमै बित्ने गर्छ । वर्षमा एक दिन अाउने दशैँमा हरेक नेपाली परिवार र आफन्तबीच हर्षाेल्लासका साथ रमाउन चाहन्छन् । तर अधिकांश चिकित्सक र नर्स भने कमै मात्रामा दशैं परिवारसँग बिताउन पाउँछन्।

यसै क्रममा चितवन मेडिकल कलेज, भरतपुरमा स्वास्थ्यकर्मी र विरामीले टीका र जमरा लगाएर एक साथ दशैँ मनाएका छन् । वयाे*वृद्ध बिरामीबाट टीका र जमरा चिकित्सक तथा नर्सहरूले ग्रहण गरेर तथा जेष्ठ चिकित्सक/नर्सबाट कनिष्ठ नर्सहरूले पनि टीका, जमरा ग्रहण गरी दशैँ मनाए ।

हेर्नुहोस तस्वीरहरू….

-रासस