Friday, October 30

यसकारण सलमान खानसँगै नाँच्ने प्रस्तावलाई प्रियंका, स्वस्तिमा र एलिशाले गरे ठाडै अस्वीकार

काठमाडौ । नेपालका अधिकांश नायिकाहरुको सपना हुँदो हो सलमान खानसँगै स्टेज सेयर गर्ने । तर नेपालका ३ चर्चित नायिकाहरुले उनको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । मार्च १० तारिख, टुँडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् ।

उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वकार गरेका हुन् । नायिकाहरुले आफूहरुलाई अपमान गर्ने गरी प्रस्ताव गरिएको आरोप लगाएका छन् । हिन्दी गितमाच सलमान खानको कोरस भएर नाच्नु पर्ने प्रस्तावलाई उनीहरुले अपमानजनक भनेका हुन् । पारिश्रमिक पनि निकै थोरै प्रस्ताव गरेको नायिकाहरुको गुनासो छ ।

 

स्रोतको अनुसार एक लाख पारिश्रमिकमा कोरस, ड्रेस र रिहलसल्स सकाउनु पर्ने आयोजक कम्पनीको प्रस्ताव थियो । नयिकाहरुले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरेका छन् । नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने भएका छन् । यस विषयमा सलमान खानालाई जानकारी गराउँदा आश्चर्य प्रकट गरेका थिए ।

 

कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको बताइए पनि नेपाली नायिकहरुले भने विदेशी हिरोसँग कोरसमा नाच्न नमान्नुलाई उचित निर्णयको रुपमा लिइएको छ । उनीहरुले भारतिय कलाकारलाई करोडौँ दिएर नेपाल ल्याउने तर नेपाली कलाकारलाई अबमुल्यान गरेको भन्दै आयोजकलाई छपारेर पठाएका थिए ।