ईटहरी /पछिल्लो समय आफ्नो कला प्रस्तुत गर्ने र आफु हिट हुने मध्यम भएको छ टिकटक, जहाबाट हजारौ कलाकारहरुको जन्म भएको छ। अहिले त् झन टिकटकबाट धेरै नेपाली कलाकारले म्युजिक भिडियोमा समेत प्रवेश पाएका छन्। त्यस्तै स्वर्गीय श्रीकृष्ण श्रेष्ठ जस्ता देखिने प्रकाश चन्द सामाजिक संजाल फेसबुक ,टिकटक ,युटूब आदिमा भाइरल बनेका छन् भने उनको नया म्युजिक भिडियो समेत सार्बजनिक भएको छ।
स्वर्गीय श्रीकृष्ण श्रेष्ठको क्यारिकेचर समेत गर्ने उनि हेर्दा मात्र नभएर बोल्दा पनि उही जस्तो लग्छ। प्रकाश चन्द र गित ढुंगाना फिचर्ड रहेको ‘रुइको सिरानी’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ भने प्रकाश चन्दको यो पहिलो म्युजिक भिडियो हो। सम्राट चौलागाईं र गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको उक्त गीतमा सब्द तथा संगीत बाबुल गिरीको रहेको छ।
बाबुल गिरीले नै एरेञ्ज गरेको उक्त गीतको भिडियोमा कन्सेप्ट तथा निर्देशन सुबोल थापाको रहेको छ भने सार्बजनिक उक्त म्युजिक भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन। उक्त गीतको भिडियोमा प्रकाश र गीतको साथमा मकर बानिया, प्रशान्त मगर र सुरज माझीलाई समेत देख्न सकिन्छ।-डी/थ्रीअनलाइनबाट।
तलको भिडियो हेर्नुस:
प्रतिकृया दिनुहोस्