Monday, March 20

‘छ माया छपक्कै’ सुपरहिट फिल्म युʼ ट्युबमा सार्बजनिक (पूरा फिल्म भिडियो सहित)

2021-01-20 832

दीपेन्द्र लामाको निर्देशन रहेको ‘छ माया छपक्कै’ फिल्म युट्युबमा सार्बजनिक भएको छ । हलमा सुपरहिट भएको यो फिल्म पाईरेसीको चपेटामा समेत परेको थियो । आमा अग्नि कुमारी मिडिया युट्युब च्यानलमा फिल्मलाई फोरके क्वालिटीमा सार्बजनिक गरिएको हो । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङलगायतको प्रमुख भूमिका छ ।

राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको फिल्ममा दीपेन्द्र लामाको निर्देशन तथ दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ ।

रोहित अधिकारी निर्माता, केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् । दीपकराज गिरीको पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले मिलेर संवाद तयार पारेका छन् । यहि टिमको यसअघि युट्युबमा सार्बजनिक ‘छक्का पन्जा-३’ ले छोटो समयमै करोड भ्युज पार गर्दै रेकर्ड कायम गरिसकेको छ ।

हेर्नुस् पुरा फिल्म ।

प्रतिकृया दिनुहोस्