मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण देखिँदैन। अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक पिसाबमा प्रोटिन र रगतमा ‘क्रियटिनिन’ परीक्षण गर्नुपर्छ।
यस्ता व्यक्ति मिर्गौला रोगको जोखिममा
धूमपान-मद्यपानको आदत भएका, ३० वर्ष उमेर पुगेका, उच्च रक्तचाप भएका, मधुमेह भएका, मिर्गौलासम्बन्धी कुनै रोग लागेका, नियमित कुनै दुखाइ कम गर्ने औषधि खाने व्यक्ति, परिवारमा कसैलाई मिर्गौलासम्बन्धी रोग भएका व्यक्ति, यसैगरी मोटोपना भएका साथै व्यायाम नगर्ने व्यक्तिहरू यो रोगको बढी जोखिममा हुन्छन्। यी समूहमा पर्ने व्यक्तिहरू सचेत हुन जरुरी छ।
मिर्गौला रोग लागिसकेपछि उपचारमा अत्यधिक खर्च हुने मात्रै होइन परिवारलाई समेत गाह्रो हुन्छ। यसको विकल्प भनेको संसारभर नै ‘डाइलाइसिस’ र प्रत्यारोपण मात्रै हो।
यो दुवै उपचार खर्चिलो र झञ्झटिलो छ। त्यसैले रोग देखिन्छ कि भनेर जाँच गर्न डराउनु हुँदैन। शुरुकै अवस्थामा पत्ता लागेमा औषधिले पनि मिर्गौला बचाउन सकिन्छ।
प्रतिकृया दिनुहोस्